२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिलाको खुसी

अ+ अ-

परिवारका हरेक सदस्यको खुसी, इच्छा, चाहनाको ख्याल राख्दै जाँदा आफ्नो इच्छा, चाहना कयौँ माइल पर छुटिसकेको पत्तो छैन महिलाहरूलाई । मानौँ उनीहरू जीवित प्राणी होइन कि परिवारको हरेक सदस्यको काम गरिदिने रोबर्ट हुन् । जसले अरूले भनेको काम गर्छ, उसको न आफ्नो इच्छा हुन्छ न त कुनै माग नै, न थकित हुन्छ न गाह्रो भो भन्छ, बस जसले भए पनि रिमोट थिचे काम हुन्छ ।

हाम्रो समाजमा महिलालाई कामको बोझ बढी छ भन्ने हो भने महिलाले गर्नु त पर्छ नि । पुरुषले कमाएर ल्याएकै छन् महिलाले घरमा बसेर त्यत्ति पनि नगरे के गर्ने भन्ने धेरै निस्किन्छन् । अझ पुरुषलाई कसैले तपाईँ कि श्रीमतीजी के गर्नुहुन्छ भनेर सोध्यो भने ‘केही गर्दिन्न हाउस वाईफ हुन्’ भन्छन् । केही नगर्ने श्रीमतीलाई भने बिहानदेखि बेलुकासम्म रोबोट र मेसिनले जस्तै काम गर्दा पनि भ्याई नभ्याई हुन्छ । बिहान उठेर लामो सास तान्दा पनि समय घर्किन्छ कि भनेर सोच्नुपर्ने हुन्छ । एउटा परिवारको घर भित्रको सम्पूर्ण घरायसी कामको व्यवस्थापनलाई कुशलतापूर्वक हाँकेका महिला केही नगर्ने ठहरिनु पर्ने हाम्रो दरिद्र सोचाई एवं मानसिकता छ । हाम्रो समाजका विविध परिवारलाई नियाल्ने हो भने महिलाको खुसीलाई स्थान दिएको परिवार कमै पाइन्छ ।

एक जना मेरो छिमेकी दिदीले भन्थिन ‘विवाह अघि खुब फिल्म हेर्ने गरेको थिए । परिवारसहित जान्थ्यौँ, खुब रमाइलो लाग्थ्यो । विवाह पछि श्रीमानलाई भनेको उहाँले फिल्म नहेरेको वर्षौँ भयो मलाई जान मन लाग्दैन भन्नुभयो । जानै मान्नु भएन । त्यसपछि सन्तान भए, श्रीमान् पनि व्यस्त आफू पनि व्यस्त भइयो फिल्म हेर्न नगएको दशकौँ भयो । तर पनि मन भित्रबाट भने जाऊँ जाँउ लाग्छ । परिवारसहित कोही फिल्म हेर्न जान लागेको भने भने मन साह्रै अमिलो भएर आउँछ ।’ हेर्दा यो कति सानो कुरा छ तर यसले कसैको खुसीमा खग्रास सूर्य ग्रहण लगाएको छ । ती मेरा छिमेकी भिनाजुले विवाह अघि फिल्म पक्कै हेरेका थिए होलान् तर उनले दिदीलाई नाई भन्नु अघि उनको इच्छा वा मनै राख्नका लागि भए पनि गएका भए हुन्थ्यो नि तर गएन्न र जाने इच्छा पनि कहिल्यै देखाएनन् । त्यही ठाउँमा दिदी भएको भए परिवारको खुसीका लागि जाने थिइन् आफूलाई मन नलागे पनि ।

महिलाको जिन्दगीको डोर अर्कैको हातमा छ । विवाह अघि बुबा, दाइ, भाइ र विवाह पश्चात् श्रीमान्, छोरा, छोरीले कठपुतली नचाएको जस्तो गरी आफ्नो इच्छा अनुसार नचाउँछन् । हाम्रा व्यक्तिगत निर्णय पनि उनीहरूले लिइदिन्छन् । अरू त कुरै छोडौँ मोटाउन वा दुब्लाउन पनि आफ्नो खुसीले पाईदैन् ।

होस्टेलमा पढ्दा मेरो एक जना प्यारी साथी थिइन् । उनलाई हरियो धनियाँ र भण्टाको तरकारी मन पर्दैनथ्यो । कहिले काहीँ झुक्किएर मेसमा पाक्यो भने उनको भोक हडताल सुरु हुन्थ्यो । भण्टालाई प्लास्टिक र हरियो धनियाँलाई गन्हाउने पधेनो भन्थिन् । प्रायः जसो हामी सबैलाई ती दुवै चिज अत्यन्त मन पर्दथ्यो तर उनलाई मन नपर्ने हुनाले मेसमा पाक्दैनथ्यो । करिब ३ दशक पछि उनको घरमा रातीको खाना खाने मौका मिल्यो । म छक्क परे किनकि त्यहाँ ती दुवै चिज थिए । साथीलाई जिस्काए ‘अहो प्लास्टिक पाकेछ’ भनेर अनि उनले भनिन् ‘के गर्नु विवाह पछि घरमा धेरै जसो भण्टा पाक्थ्यो । आफूलाई मन नपर्ने, परिवारमा सबैलाई मन पर्ने, श्रीमान्लाई झन् मन पर्ने हुनाले मैले पनि मन पराउन थाले । अहिले त असाध्यै मन पर्छ । धनियाँ नहालेको तरकारी, अचार मनै पर्दैन ।’ विवाह पछि परिवारको चाहना एवं खुसीको लागि महिलाले आफूलाई बदल्न सक्छिन् भने परिवारले पनि उनको स–साना खुसीको ख्याल राख्न सक्नुपर्छ, उनको खुसीमा रमाउन सक्नु पर्छ ।

मेरी आमा ४० वर्षको उमेरमा विधवा हुनुभयो । उहाँका रहर, इच्छा, चाहना, सबै सपना बनी उडे छण भरमा अनन्त आकाशमा । उहाँ माथि समाज र परिवारले गर्न हुने/नहुने, खान हुने/नहुने, जान हुने/नहुने, बोल्न हुने/नहुने, लगाउन हुने/नहुने थुप्रै कामहरूको फेहरिस्त तयार गरिदियो । आमाले चुपचाप फेहरिस्तलाई एक-एक गरेर पालना गरिरहनु भयो । यदि बुवाको ठाउँमा आमाको मृत्यु भएको भए हामी बुवालाई गाह्रो हुने भयो, यति लामो जीवन एक्लै कसरी बाच्नु हुन्छ भनेर कान्छी आमा खोज्न तिर लाग्दथ्यौँ होला तर आमाको सन्दर्भमा सानो बुबा खोज्ने कल्पनाको कुरै छोडौँ आमालाई ‘हजुरको खुसीलाई ध्यान दिनु अरू कुरा छोडिदिनु’ पनि भन्न सकेनौँ । उल्टै आफ्ना बच्चा हुर्काउने जिम्मेवारी समेत थोपरिदियौँ । आमा माथि दायित्वको ठुलो भार छ सबैलाई खुसी राख्ने तर उहाँलाई अधिकार छैन आफ्नो भागको खुसी खोज्ने किनकि उहाँ त्यागको प्रतिमूर्ति हो । परिवार र समाजको मर्यादा पालना गर्दा गर्दै मेरी आमाको खुसी कहाँ छुट्यो थाहा छैन ।

एउटा परिवार आपसी माया, प्रेम, स्नेह र विश्वासमा अडेको हुन्छ । सदस्यहरूमा एक अर्काप्रति आदर भाव, त्याग एवं समर्पण हुन्छ । एउटा आदर्श परिवारमा प्रत्येक सदस्यको अस्तित्वलाई स्वीकार गरी आत्मसम्मानपूर्वक बाँच्न पाउने अवस्था हुन्छ । परिवार आदर्श भए समाज, समुदाय  हुँदै अन्त्यमा राष्ट्र नै आदर्श हुन पुग्दछ ।

पश्चिम संस्कृतिमा व्यक्तिले आफ्नो लागि मात्र सोच्दछ, आफ्नो खुसी मात्र हेर्दछ । तर पूर्वीय संस्कृतिले आफू भन्दा माथि उठेर परिवार, समाज र समूदायकालागिसमेत सोच्न सिकाएकोले व्यक्तिले आफ्नो खुसीको आहुति सहजै दिन्छन् । महिलाहरूको सन्दर्भमा त झन् केटाकेटी देखी नै गर्न हुने र नहुने कामहरूको कपोकल्पित सुचीहरूमा यसरी अभ्यस्त गराइन्छ कि उनीहरूले आफ्नो व्यक्तिगत खुसीलाई कहिल्यै पनि महत्त्व दिँदैनन् । वास्तवमा खुसी हुन ठुला र महँगा चिजहरूको आवश्यकता पर्दैन । अलिकति सुझ बुझ अपनाएर साना साना कुरामा ध्यान दिँदा पनि खुसी र सुखी भइन्छ । एउटा आदर्श परिवारको परिकल्पना गर्ने हो भने महिलाहरूको साना साना खुसीलाई पनि महत्त्व दिन सक्नुपर्छ अनि मात्र परिवार सुखी र सम्पन्न हुन्छ ।