२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपतलाई अवसरको रुपमा प्रयोग : सिईओ ज्ञवाली

अ+ अ-

भादगाउँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीले प्राधिकरणले विपत्लाई अवसरको रूपमा प्रयोग गरेको बताएका छन् । उनले प्राधिकरणले पुनःनिर्माणको कार्यलाई प्राथमिकतामा राखेर सम्पदा क्षेत्रको पुनःनिर्माणलाई जोड दिएको समेत जानकारी दिए।

विश्व सम्पदा क्षेत्र संरक्षण तथा विकास कार्य र पम्परागत सम्पदा बस्ती पुनःनिर्माण कार्यक्रमसम्बन्धी बिहीबार साँझ भक्तपुर नगरपालिकाका जनप्रतिनिधिसँग छलफल गर्दै निर्देशक ज्ञवालीले विविध कारणले काठमाडौँ उपत्यकाका सम्पदा क्षेत्र पुनःनिर्माण कार्यमा ढिलाइ भइरहेको बताए । उनले परामर्शदाता जिम्मेवार व्यक्ति भएकाले समयमै गुणस्तरीय निर्माण सम्पन्न गर्न जोड दिँदै प्राधिकरणको काममा सबै निकायले समन्वय र सहयोगी भूमिका निर्वाह गर्ने आशा व्यक्त गरे ।

सो अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उपभोक्ता समितिमार्फत बनेका सम्पदा गुणस्तरीय हुने र स्थानीय जनताको अपनत्व रहने बताउँदै सम्पदा र भौतिक निर्माण उपभोक्ता समितिमार्फत गर्नुपर्नेमा जोड दिए ।

भूकम्पमा भत्केका भक्तपुरका केही सम्पदा निर्माण सम्पन्न भइसकेको र केही पुनःनिर्माणकै क्रममा रहेको जानकारी दिँदै प्रमुख प्रजापतिले सम्पदा पुनःनिर्माणको जिम्मा स्थानीय सरकारलाई दिएको खण्डमा पुनःनिर्माणको काम छिटो हुने बताए ।

प्रमुख प्रजापतिले सम्पदा निर्माणमा राज्यले आवश्यक काठ उपलब्ध गराउनुपर्ने, बजेटको बन्दोबस्त गर्नुपर्ने र दक्ष जनशक्ति उत्पादनमा ध्यान दिनुपर्नेमा जोड दिँदै सांस्कृतिक सम्पदा मौलिक स्वरुपमा पुनःनिर्माण गर्नुपर्ने धारणा व्यक्त गरे ।

ख्वप इञ्जिनीयरिङ कलेज र ख्वप कलेज अफ इञ्जिनीयरिङको आयोजनामा भएको भूकम्पपछिको पुनःनिर्माणसम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनले सम्पदा पुनःनिर्माण गर्दा अनुसन्धान र मौलिक शैलीलाई जोड दिनुपर्ने निष्कर्ष निकालेको पनि उनले जानकारी दिए ।

सांस्कृतिक सम्पदास्थलमा देखिएको दृश्य प्रदुषण हटाउनको लागि अव्यवस्थित तार भूमिगत गर्नुपर्ने र मूर्त–अमूर्त सम्पदा संरक्षणमा प्राधिकरणको ध्यान जान आवश्यक भएको उनले बताए । कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका चन्द्रबहादुर श्रेष्ठ र उपत्यकाका विभिन्न सांस्कृतिक क्षेत्रका परामर्शदाताले आ–आफ्नो विचार व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस