२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आर्थिक अभावको चपेटामा गुरुङ सङ्ग्रहालय

अ+ अ-

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङमा रहेको एकमात्र गुरुङ सङ्ग्रहालय आर्थिक अभावका कारण व्यवस्थित हुन सकेको छैन । स्थानीय गुरुङ समुदायका महिलाले पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउने उद्देश्यका साथ स्थापना गरेको गुरुङ सांस्कृतिक सङ्ग्रहालय आर्थिक अभावका कारण व्यवस्थित हुन नसकेको हो ।

सङ्ग्रहालयमा कार्यालय व्यवस्थापन र कर्मचारी खर्चको अभावका कारण समस्या भएको बताइएको छ । स्थानीय महिलाले विभिन्न निकायबाट सहयोग जुटाई करीब रु १० लाखको सहयोगमा २०६२ सालमा सङ्ग्रहालय भवन निर्माण गरेका थिए । स्थानीय महिला समूहको पहलमा शुरुआत भएको सङ्ग्रहालयमा गुरुङ जातिको ऐतिहासिक सामग्री राखिएको तर व्यवस्थापकीय समस्याका कारण उलेख्यरुपमा पर्यटक तथा अवलोकनकर्ता आउन नसकेको आमा समूहका उपाध्यक्ष सीता गुरुङले बताए । “हामीले सबैलाई चन्दा मागेर भए पनि यतिको बनायौँ, बजेट अभावका कारण अरु केही गर्न सकेका छैनौँ”, गुरुङले भने । कुनै कुनै साल त समूहको लेखापरीक्षण गर्नसमेत समस्या हुने गरेको उनको अनुभव छ ।

सङ्ग्राहलयमा गुरुङ समुदायले प्रयोग गर्ने ऐतिहासिक ढिकी, जाँतो, चौँठो, हर्पे, जरु, चुङ्गे, घुम, सांस्कृतिक वेषभूषालगायत गुरुङ संस्कृति झल्कने पुराना सामग्री राखिएको छ तर सङ्ग्रहालयभित्र बत्तीको समेत व्यवस्था गर्न नसकेको स्थानीय खड्गबहादुर गुरुङले बताए । “हामीले सङ्ग्रहालयभित्र रहेका सामग्रीसमेत व्यवस्थितरूपमा सजाएर राख्न सकेका छैनौँ”, गुरुङले भने । स्थानीयका अनुसार सङ्ग्रहालय निर्माण गर्ने क्रममा पूर्वमन्त्री सूर्यमान गुरुङले सांसद् विकास कोषको रकमबाट केही सहयोग गरेका थिए। त्यसपछि विभिन्न समयमा सरकारीस्तरबाट सहयोग भए पनि थोरै मात्र बजेट विनियोजन भएका कारण देखिने गरी काम गर्न नसकिएको आमा समूहका उपाध्यक्ष सीता गुरुङको भनाइ छ ।

पछिल्लो समय फुङलिङ नगरपालिकाले समेत केही रकम सहयोग गरेको उनीहरुको भनाइ छ । सो रकमबाट सङ्ग्रहालयको भौतिक विकासमै खर्च गरेको बताइएको छ । “हामीले यसलाई सबैसामु पुर्‍याउन प्रचारप्रसारलाई व्यापक बनाउनुपर्ने हो, तर सकिराखेका छैनौँ”, खड्गबहादुर गुरुङले भने । जिल्लाको पर्यटन प्रवद्र्धनलाई थप टेवा पुर्‍याउन र पुरानो सांस्कृतिक सामग्रीको संरक्षण गर्ने उद्देश्यले सङ्ग्रहालयको निर्माण गरिए पनि आर्थिक अभावकै कारण सङ्ग्रहालयको व्यवस्थापन गर्न नसकिएको व्यवस्थापन पक्षले जनाएको छ । रासस