२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नमूना शहर बनाउन डिपिआर शुरु

अ+ अ-

लमही । दाङको गढवा गाउँपालिकालाई नमूना शहरको रूपमा विकास गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको काम शुरु भएको छ । शहरी विकास मन्त्रालयले नेपालका १६ जिल्लामध्ये दाङको गढवा गाउँपालिकालाई नयाँ शहर बनाउन डिपिआर शुरु गरेको छ ।

अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गुरुयोजना निर्माणको चरणमा रहेको बताइएको छ । गाउँपालिकाले नमूना बस्ती विकास, हरियाली पार्क निर्माण, फोहर संकलन केन्द्र निर्माण, खानेपानीका वडास्तरीय बृहत योजना सञ्चालन र नमूना सडक बनाउने कार्यमा गुरुयोजना निर्माण गरी कार्यान्वयनको चरणमा लगेको हो ।

प्रदेश नं ५ सरकारको ६० लाख बजेटमा बहुउद्देश्यीय सामुदायिक भवन निर्माणको तयारी भएको छ । प्रदेश सरकारकै ३६ लाखको लागतमा गढवा गाउँपालिकास्तरीय व्यवस्थित र आधुनिक खेलकूद मैदान निर्माणको शुरुआत गर्न थालिएको छ ।

दाङको विकट क्षेत्रमा रहेको उक्त गाउँपालिकामा आधुनिक शहर निर्माण भएसँगै गाउँपालिकाले विकासमा फड्को मार्ने छ । त्यस्तै प्रदेश सरकारले नै देउखुरीको जङ्गलकुटीमा नमूना थारु सङ्ग्रहालय बनाउने योजना बनाएको छ ।

पानीको समस्या रहेको उक्त पालिकामा अहिले पनि पानीको समस्या पनि हटेको छ । साथै साढे चार करोडको लागतमा गाउँपालिकाको प्रशासकीय भवन निर्माणको कार्यलाई तीब्रता दिइएको छ । स्थानीय तहमा जनप्रतिनिधि आएसँगै विकासले पनि गति लिन थालेको स्थानीयले बताएका छन् ।

स्थानीयका अनुसार यस अघि विकास निर्माणका कार्यले गति लिन नसकेको भएपनि अहिले जनप्रतिनिधि आएपछि विकास निर्माणका काम तीब्र गतिमा अघि बढिरहेका छन् ।