२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटकीय सवारी चालकलाई पोशाक अनिवार्य

अ+ अ-

काठमाडौं । पर्यटकीय सवारी साधन चलाउने चालकले अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने भएको छ । नेपाल पर्यटन बोर्ड र भृकुटीमण्डस्थित पर्यटक प्रहरी एकाइको आयोजनामा आज यहाँ सञ्चालित ‘पर्यटक सवारी चालक अनुशिक्षण कार्यक्रम’मा पर्यटकको सुविधाका लागि पर्यटकीय सवारी साधनका चालकले अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने व्यवस्था गरिएको जानकारी दिइएको हो ।

पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले भने, ‘पोशाक र परिचयपत्र अनिवार्यका लागि विभागले निर्णय गरिसकेको छ, अब चाँडै कार्यान्वयनमा लैजान्छौँ ।’ उनले नेपाल घुम्न आउने पर्यटकलाई राम्रो व्यवहार गर्न र इमान्दार चालक बन्नसमेत आग्रह गरे ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले पर्यटन व्यवसायको विकास र विस्तार गरी राष्ट्रलाई समृद्ध बनाउनु सबैको दायित्व रहको बताउँदै यस पेशामा रहेका चालकले आफ्नो पेशालाई अझै मर्यादित र सम्मानयोग्य बनाउन स्वअनुशासनमा रही ट्राफिक नियम पालना गर्ने प्रवृत्ति बसाल्नुपर्ने बताए ।

‘विमानस्थलमा आएका पर्यटकलाई नेपाल घुम्न चालकको साथ महत्वपूर्ण हुने भएकाले पर्यटकलाई राम्रो व्यवहार गर्नु आवश्यक छ,’ उनले भने, ‘नेपाल भ्रमण वर्ष सफल पार्न यस्ता प्रशिक्षणले सहयोग मिल्छ ।’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले विसं २०६९ देखि सार्वजनिक सवारी साधनमा भाडा समायोजन नभएका कारण ट्याक्सीले ठग्ने प्रवृत्ति बढेको भन्दै तत्काल यसलाई रोक्न सरकारले भाडा समायोजन गर्नुपर्ने बताए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँरले मुलुकको आवश्यकताअनुसार पर्यटक प्रहरीको सेवालाई विस्तार गर्दै लैजानुपर्ने बताए ।

पर्यटक प्रहरी एकाइका प्रमुख तथा प्रहरी निरीक्षक अमृत बस्नेत, ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष नवराज दाहाल, नेपाल एशोसिएशन अफ ट्राभल्स एण्ड टुर्स एजेन्ट (नाट्टा)का प्रथम उपाध्यक्ष अच्युत गुरागाईं, राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)का अध्यक्ष शिव अधिकारीेलगायतले पर्यटन क्षेत्रको विकासमा सबै संस्था हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

विसं २०३५ मा स्थापना भएको पर्यटक प्रहरीले हाल २६ स्थानमा आफ्नो शाखा विस्तार गरी स्वदेशी तथा विदेशी पर्यटकलाई सेवा प्रदान गर्दै आइरहेको उक्त एकाइका प्रहरी नायब निरीक्षक प्रकाश रेग्मीले जानकारी दिए ।

पर्यटक प्रहरीले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी भर्खरै काठमाडौँ महानगरपालिका–२६ को सहकार्यमा प्रमुख पर्यटकीय स्थल ‘महानगरीय पर्यटन सूचना केन्द्र’ स्थापना गर्न लागेको प्रहरी नायव निरीक्षक रेग्मीले बताए ।