२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा ‘समुदाय–प्रहरी साझेदारी’ अभियानको प्रभाव

अ+ अ-

डोटी । नेपाल प्रहरीले जिल्लाव्यापी रुपमा संचालन गरिरहेको समुदाय प्रहरी साझेदारी कार्यक्रम मंगलबार पुर्विचौकी गाउँपालिकाको वडा नम्बर ७ पोखरीमा सम्पन्न गरेको छ ।

समाजमा हुने गरेका लैंगिक हिंसा, घरेलुहिंसा, सामाजिक विकृति विसंगतिको अन्त्य गरी समुदाय सँगको साझेदारीमा सभ्य समाज निमार्ण गर्ने उद्देश्यका साथ नेपाल प्रहरीले देशभर संचालनमा ल्याएको समुदाय प्रहरी साझेदारी अभियान कार्यक्रम डोटीका गाउँ–गाउँमा तिव्ररुपमा संचालनमा ल्याएको हो ।

नेपाल प्रहरीले समय–समयमा विभिन्न कार्यक्रम तथा अभियानहरु मार्फत लैंगिक हिंसा, छाउपडीको अन्य, बालविवाहकोे अन्य, अपराधिक गतिविधिको अन्य गरी शान्त समाज निमार्णमा अह्म भुमिका खेलेकोे डोटीका प्रमुख जिल्ला अधिकारी यादब सुबेदीले बताए ।

समुदायमा हुने अपराधिक गतिविधिलाई न्यूनिकरणगर्न सहयोग पुगोस् भन्ने हेतुले जनताको घरदैलोमा गएर विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले बताए ।

उनले भने, ‘प्रहरीले अब जनचेतना अभिबृद्धी मात्र होईन हाम्रो समाजमा लुकेर रहेका त्यस्ता घट्न सक्ने घटनाहरुको अपराधिक तत्वहरुको पहिचान गरेर अग्रिमरुपमा घटना घट्न नदिन सर्तकर्ता अपनाउन जरुरी छ त्यसमा स्थानीय सरकार, स्थानीय बासीहरुले पूर्णरुपमा सहयोग गर्नुपर्छ सरकारी संयन्त्र र स्थानीयबासी बीच सहकार्य हुनसके हिंसारहित समाज निमार्ण हुन्छ ।’

शान्ति स्थापना गर्न, धरेलु हिसां, महिलाहिंसा लगायतका विकृति विसंगतिहरुको अन्त्यका लागि समुदाय र विद्यालय सँगै मिलेर जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्न आवश्यक रहेको दिपायल सिलगढी नगरपालिकाकी नगर प्रमुख मंजु मलासीले बताइन् ।

नेपाल प्रहरीले संचालन गरेको अभियानले स्थानीय बासीहरुलाई जनचेतना जगाउनुका साथै सबै कुरामा सचेत गराउनमा समेत सहयोग पुगेको पुर्विचौकी गाउँपालिकाका अध्यक्ष दिर्घ बहादुर बोगटीले बताए ।

समाजमा रहेका विकृति विसंगतीको अन्य गर्नका साथै सभ्य र शान्त समुदाय स्थापना गर्नका लागि समुदाय र विद्यालयहरुका विभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेको सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष लोक बहादुर बोहराले बताए ।
उनले भने, ‘प्रहरी र हामी मिलेर सभ्य समाज निमार्णमा लागेका छौ ।’

अभियान जिल्ला भरी निरन्तर रुपमा जारी छ, अभियान मार्फत आफुहरुले महिला हिंसा, बाल विवाह, लैंगीक हिंसा, छाउपडी प्रथा लगायतका विषयवस्तुमा जनचेतना जगाउँदै आईरहेको सामुदायिक प्रहरी सेवा केन्द्रका प्रहरी सहायक निरीक्षक राम नाथले बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासी प्रहरी प्रमुख, सशस्त्र प्रहरीबल दिपायलका प्रहरी उपरीक्षक प्रदीप कुमार पाल, पत्रकार, सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी, जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

पछील्लो समयमा प्रहरीले जनचेतना मुलक अन्तरक्रियाका साथै नागरिकलाई सहायता पुगोस भन्ने हेतुले नेपाल प्रहरीको काम कर्तव्यका साथै कुनै अपराधिक घटना, प्रकोप जन्य घटना, कुनै दुर्घटना भईहाले प्रहरीलाई कसरी छिटो भन्दा छिटो सम्पर्क गर्न सकिन्छ भन्ने विषयमा पनि टोलटोल, क्याम्पस, विद्यालयहरुमा पनि फोन नम्बरहरु बाँड्दै जानकारी गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस