२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दैलेखको आकाशमा प्याराग्लाइडिङ, महिला पनि आकाशमा

अ+ अ-

दैलेख । दैलेखको आकाशमा प्याराग्लाइडिङ उडेको देखेपछि ६५ वर्षे जैमल नेपालीले भने, ‘‘मान्छे पनि चिल जस्ता भएर उड्न थाले ।’’ आफूहरुले सुर्खेतबाट नूनको डोको बोकेर १५ दिन लगाएर दैलेख आएको सम्झना गर्दै उनले भने, “मुलुक धेरै परिवर्तन भएको छ । हाम्रो पालाजस्तो छैन ।”

दैलेखमा तीन÷चार वर्षअघि दुई पटक प्याराग्लाइडिङ्गको परीक्षण गरिएको भए पनि नियमित रुपमा उडान यस वर्ष भएको छ ।

दैलेख महोत्सवको अवसरमा पाँच दिनसम्म प्याराग्लाइडिङ सञ्चालन गरिएको थियो । महोत्सवको सबैभन्दा आकर्षक नै प्याराग्लाइडिङ रहेको दैलेख उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष शैलेश श्रेष्ठले बताए । दैलेखमा प्याराग्लाइडिङको व्यावसायिक उडान गर्नका लागि र पञ्चकोशी क्षेत्र भ्रमणमा आउने धार्मिक पर्यटकका लागि पनि दैलेख बजारबाट प्याराग्लाइडिङको उडानको सम्भावना रहेको कोषाध्यक्ष श्रेष्ठको भनाइ छ ।

प्याराग्लाडिङका पाइलट दैलेखकै बुढा

दैलेखमा यसपालि तीन प्याराग्लाइडिङ गरिएको थियो । दैलेखको महाबु गाउँपालिका–३ का नवीन बुढाले विगत दुई वर्षदेखि प्याराग्लाइडिङगको उडान गरिरहेका छन् । भारतमा कोर्ष पूरा गरेर नेपालमा अधिकारी उडानको जिम्मेवारी पाएका उनले द एड्भेञ्चर प्याराग्लाइडिङमा काम गरेको बताए । अहिले दैलेखका विभिन्न सम्भावना भएका स्थानमा आफूले परीक्षण उडान गरेको बुढाको भनाइ छ ।

दैलेखका महावु, सदरमुकाम दैलेख बजारको पुरानो बजार, गिताचौरलगायतका स्थानबाट उडान गर्न सकिन्छ । उडानसँगै अन्त्यमा बस्नबका लागि पनि भू–भागको आवश्यकता पर्दछ । चैत/वैशाखमा हावा, हुरीका कारण अलि धेरै जोखिम हुने बुढाको भनाइ छ । दैलेख सदरमुकाम टाकुरोमा भएकाले उडान गरेका सबै व्यक्ति आकाशमाथिबाट दैलेख बजार देख्दा निकै मोहित भएको बुढाले बताए ।

साहसिक पर्यटनको नाम दिइएको प्याराग्लाइडिङको उडान दैलेखमा महिलाले समेत गरेका छन् । पहिलो पटक दैलेखका महिलाले आकाशमा उडेको अनुभव सुनाउँदै कमला थापाले भनिन्, ‘‘निकै रमाइलो हुँदोरहेछ । जहाजमा चढेको भन्दा पनि छुट्टै अनुभव भयो ।’’ प्याराग्लाइडिङ गर्न पोखरामा जाने उनको धोको दैलेखमै पूरा भएको छ । कमलाजस्तै धना खड्काले पनि प्याराग्लाइडिङमा उड्दाको आनन्द शब्दमा व्यक्त गर्न नसकिने बताइन् ।