२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुक्त हलिया पुनः स्थापन

अ+ अ-

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटामा ३५ मुक्त हलिया परिवारलाई पुनः स्थापन गरिएको छ । भूमि सुधार कार्यालयले नौ धुर जग्गा र घर निर्माण गर्न दुई लाख २५ हजार उपलब्ध गराएर ‘क’ वर्गका मुक्त हलिया परिवारलाई पुनः स्थापन गरेको हो ।

जग्गा र घर निर्माणका लागि रकम पाएपछि मुक्त हलिया परिवार घर निर्माणमा जुटेका छन् । “घर जग्गा नहुँदा सडक किनारमा टहरा बनाएर बस्दै आएका थियौँ । अरुका पक्की घर देख्दा हामीले पनि कहिले यस्तो घर बनाउन सकौँला जस्तो लग्थ्यो”, मञ्जु दमाईले भने, “सरकारले रोजगारको पनि व्यवस्था गरिदिए हुन्थ्यो ।”

सामुदायिक वन छेउमा बस्दै आएका सुरेश नागरी घर जग्गा पाउँदा निकै खुशी देखिए । उनले भने, “बास पाइयो । अब जागिर चाहियो ।” अधिकांश मुक्तहलिया परिवारले घर निर्माण गरे पनि केही परिवारले भने आर्थिक अभावका कारण घर बनाउन सकेका छैनन् । “सरकारले उपलब्ध गराएको रकममा घर बनाउन सकिन्न”, मोहन दमाईंले भने । पुनःस्थापनमा परेका मुक्तहलिया परिवारले बालबालिकालाई पढाउन विद्यालय, रोजगार, विद्युत् र खानेपानीको माग गरेका छन् । रासस