२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रियसभाको भूमिकालाई प्रभावकारी बनाउँछौँ : अध्यक्ष तिमिल्सिना

अ+ अ-

भरतपुर । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाको भूमिका प्रभावकारी बनाउँदै लैजाने बताएका छन् ।

अध्यक्ष तिमिल्सिनाले ! वर्षको अवधिमा भएका उपलब्धिलाई संस्थागत गर्दै आगामी दिनमा संविधानको मर्मअनुसार अघि बढ्ने विश्वास व्यक्त गरे। ‘ऐन कानून निर्माणसँगै आवश्यकताका आधारमा राष्ट्रियसभाले सरकारलाई निर्देशित गरेको छ’, उनले भने, ‘राष्ट्रियसभाको निर्देशनानुसार सरकारले कार्यान्वयन गरेको छ ।’ धेरै कानून निर्माण भइसकेको भन्दै उनले आवश्यकताका आधारमा अन्य कानून निर्माण गर्दै जाने बताए ।

‘संघले निर्माण गर्ने ऐनमा तीनै तहको आवश्यकता र समस्यालाई समाधानमूलक किसिमले समेटने छ’, अध्यक्ष तिमिल्सिनाले भने, ‘तीनै तहमा योजना ल्याउन गरिएको प्रयासलाई जिम्मेवारीपूर्वक सदुपयोग गर्न आवश्यक छ ।’ तीनै तहका सरकारले कानूनको अभावमा काम गर्न नपाउने अवस्था अन्त्य हुने उनको भनाइ छ । अध्यक्ष तिमिल्सिनाले भने, ‘तीनै तहका सरकारको अधिकार बाँडफाँट गर्ने कानून निर्माणपश्चात् निर्वाध रूपमा काम गर्ने बाटो खुल्नेछ ।’

जनताको हितमा राजनीतिलाई स्थापित गर्ने ढिलाइका सन्दर्भमा संघीयतामाथि प्रश्न चिह्न लगाउन नहुने बताउँदै उनले संविधानमा भएको तहगत अधिकारलाई तहगत हिसाबले प्रयोग गरेमा असन्तुष्टि हट्न सकिने विचार व्यक्त गरे ।

अध्यक्ष तिमिल्सिनाले संविधानको मर्मअनुसार ३ तहका सरकारलाई चाहिने ऐन निर्माणका चिन्ता, चासो र सुुझावका आधारभूमिमा निरन्तर संसद्को बैठक बसिरहेको उल्लेख गर्दै मुलुक नयाँ संरचनामा अघि बढेकले यसको सही कार्यान्वयन गरेर देशलाई समृिद्धको बाटोमा अघि बढाउनुपर्नेमा जोड दिए ।

उनले सबै क्षेत्रको सहयोग र सहकार्यबाट देशले मुहार फेर्ने विश्वास व्यक्त गर्दै योजना ल्याएर समयमै सकिने र विनियोजित बजेट पारदर्शी एवं गुणस्तरीय ढङ्गले सम्पन्न गरेमा परिवर्तनको अनुभूति जनताले गर्न सक्दछ भने ।