धनुषा । लक्ष्मिनिया गाउँपालिका-२ सिनुरजोडास्थित मामाघरमा बिगत ४/५ दिन अगाडि आएकी सिराहा कल्याणपुर बस्ने नथुनी सहनीकी ४ वर्षीया छोरी नन्दनी कुमारी सहनीको मामाघर नजिक रहेको पोखरीमा डुबेर मंगलबार बिहान मृत्यु भएको छ ।
खेल्ने क्रममा डुबेर अशक्त भएकी उनलाई उपचारको लागि जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।







