काठमाडौं । पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनको शोकमा आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीको झण्डा आधा झुकाउने भएको छ ।
नेकपा सचिवालयको आज बसेको बैठकले शोक प्रस्ताव पारित गर्दै हेलिकोप्टर दुर्घटनामा निधन भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । पार्टीका सबै कार्यालयमा आज आधा झण्डा झुकाउने र तीन दिनसम्म शोक पुस्तिका राखिने साथै २३ गते केन्द्रीय कार्यालयले श्रद्धाञ्जली कार्यक्रम गर्ने नेकपा सचिवालयले जनाएको छ ।
यस्तै दुर्घटनामा मृत्यु भएकाहरुको परिवारको आर्थिक अवस्था हेरेर सहयोग गर्न पनि नेकपाले सरकारलाई आग्रह गरेको छ ।