२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देश समृद्धिको नयाँ युगमा प्रवेश गर्‍यो : अध्यक्ष दाहाल

अ+ अ-

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश समृद्धिको नयाँ युगमा प्रवेश गरेको बताएका छन् । गोरखाको बारपाक सुलिकोट गाउँपालिका कार्यालय भवनको आज शिलान्यासपछि आयोजित कार्यक्रममा उनले वर्तमान सरकारले एक वर्षको अवधिमा संविधान कार्यान्वयनका लागि आवश्यक नीति तथा कानूनहरु निर्माणको काम गरेको भन्दै अब विकासले गति लिने बताए ।

उनले अहिले नेपाली जनताले सोचेको गतिमा विकास निर्माणका काम हुन नसकेको स्वीकार गर्दै अब बिस्तारै जनताको अपेक्षाअनुसार काम हुने दाबी गरे । ‘यो एक वर्षको बीचमा धेरै ऐन कानूनहरु निर्माण गर्नुपर्ने सरकारको बाध्यता थियो’, अध्यक्ष दाहालले भने, ‘हामीले ती कामहरु सकेका छौँ, अब नयाँ बजेट जनताको आकाङ्क्षा पूरा हुने गरी ल्याउँनेछौँ ।’

सरकारले ल्याउने आगामी आवकोे बजेटमार्फत पार्टीको चुनावी घोषणापत्रअनुसार वृद्धाभत्ता बढाउनेमा आफूहरु प्रतिबद्ध रहेको उनले उल्लेख गरे । ‘नेपाली जनताले आफ्नै सरकारको अनुभूति गर्ने गरी काम गर्न नसकेको सत्य हो, तर अब त्यसो हुँदैन’, उनले भने, ‘अब ल्याउने नयाँ कार्यक्रममा जनताका महत्वकाङ्क्षालाई पूरा गर्ने गरी काम गर्न हामी प्रतिबद्ध छौँ ।’

पूर्वाधार विकासका निम्ति योजना बनाउने धेरै राम्रा काम सरकारले अघि बढाएको बताउँदै अध्यक्ष दाहालले केही कमी कमजोरीका बाबजुद पनि बिस्तारै विकासको कामले गति लिएको उल्लेख गरे । ‘दुई तिहाइको सरकारले भष्ट्राचार अन्त्य गरिहाल्ला, विकासका काम तुरुन्त अघि बढाउला भन्ने जनतामा तीव्र चाहना थियो, ती कामहरु छिटो छिटो हुन नसकेको हामीले पनि अनुभूति गरेका छौँ,’ उनले भने ।

अध्यक्ष दाहालले सरकारले बेरोजगारका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम तथा श्रमजीवी वर्गका लागि सामाजिक सुरक्षा कार्यक्रम लगायतका महत्वपूर्ण कार्यक्रम घोषणा गरिसकेको भन्दै त्यसबाट जनतामा बिस्तारै आशा पलाउँदै गएको बताए । “यस्ता खालका कार्यक्रमले जनतामा उत्साह थपेको छ’, उनले भने, ‘परिवर्तन एकै पटकमा भइहाल्ने होइन निराश हुनुपर्ने अवस्था छैन ।’

जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको २४औँ स्मृतिसभामा समेत सहभागी हुन गोरखा पुगेका अध्यक्ष दाहालले नेपालको शान्ति प्रक्रियाले पूर्णता नपाएको भन्दै अझै केही काम गर्न बाँकी रहेको बताए । ‘बेपत्ता र शहीद परिवारलाई परिचयपत्र, रोजगारी राज्यले उपलब्ध गराउन नसक्दासम्म शान्तिप्रक्रियाले पूर्णता पाएको मानिँदैन, सरकार त्यही प्रक्रियालाई पूरा गर्न लागिरहेको छ,’ उनले भने ।

अध्यक्ष दाहालले जनयुद्धभन्दा पनि अहिलेको राजनीतिक युद्ध बढी चुनौतीपूर्ण रहेको बताउँदै नेकपाले नेपाली राजनीतिलाई नयाँ चरणमा अघि बढाएको उल्लेख गरे । ‘अहिलेको राजनीति युद्धभन्दा कम छैन’, उनले भने, ‘नेकपा र वर्तमान सरकारले त्यसलाई सचेत ढङ्गले अघि बढाइरहेको छ ।’उनले नेपाली राजनीतिले सबै घेरालाई तोडेर संविधान निर्माण गरेको भन्दै अब विकास र समृद्धिका पनि जस्तोसुकै चुनौतीको समाना गर्न तयार रहेको बताए ।