२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साइकलको भरमा परिवारको जोहो

अ+ अ-

भीमदत्तनगर । सीमावर्ती भारतीय बजारबाट सामान ढुवानी गरेर कञ्चनपुरका महिलाले घरको जीविका चलाउन थालेका छन् । घरको आर्थिक अवस्था दयनीय बनेपछि बाध्यताले यहाँ एकल तथा विपन्न महिलाले साइकलमा सामान ढुवानी गर्नु नियति नै बनेको छ ।

सीमावर्ती भारतीय बजार वनबासाबाट करीब २० किलोमिटर साइकलमा हिँडेर यिनीहरूले दैनिक डेढदेखि दुई क्विन्टलसम्म सामान बोकेर सदमुकाम भीमदत्तनगर सामान पुर्‍याउने गरेका छन् । सामान ढुवानीबाट महिला मजदुरलाई दैनिक रु २०० देखि ४०० सम्म आम्दानी हुने गरेको छ ।

आम्दानीबाट आफूहरुले परिवारको खर्च एवं बालबालिकाको पढाइ खर्च जुटाउने गरेको उनीहरूको भनाइ छ । कडा परिश्रमबाट आएको आम्दानीले दैनिक खर्च टार्नुपरेको वेदकोट नगरपालिकाकी जानकी रानाले बताइन् । “कहिलेकाहीँ भन्सार कर्मचारीले दुःख दिन्छन्”, रानाले भनिन्, “सामान ढुवानी गरेर परिवार धान्नु हाम्रो बाध्यता हो ।”

त्यसैगरी भीमदत्तनगरपालिका–२ की अम्बरा बुढाथोकी पनि घरमा कमाउने कोही नभएपछि ‘क्यारिङ’ को काम शुरु गरेको बताइन् । विगत नौ वर्षदेखि घरखर्च धान्नकै लागि उनले सामान ढुवानी गर्दै आएको दुखेसो पोखिन् । कञ्चनपुरमा भारतीय सीमावर्तीबाट दैनिक ४० भन्दा बढी महिलाले सामान ढुवानी गरेर जीविका चलाउँदै आएका छन् । रासस

प्रतिक्रिया दिनुहोस