२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीमा समायोजनको सातो

अ+ अ-

कर्मचारी समायोजनको बारेमा अब केही नसोची बसौं भनी बसेको तर यो मनमा अनेक कुराहरू खेल्न थाले केही कुराहरू बुझ्न नसकिएको हुँदा बुझ्न सकिन्छ की भन्ने मनमा कौतूहल जागेर आयो । बाउ बाजेले भन्ने गर्नुहुन्थ्यो जहानिया राणा शासनको थिचोमिचोको बारेमा आज झसङ्ग त्यस समयमा बाउ बाजेले सुनाएको कुराको सम्झना आयो ।

त्यो राणा शासनको बारेमा सुनेको ज्याजदी भन्दा पनि चर्को यो अहिलेको समायोजनको थिचोमिचो, अन्याय र ज्याजदीले कर्मचारीलाई लिएको सातो । आजकल अफिसबाट घर पर्खिएदेखि नै बा /आमा /श्रीमान् /श्रीमिति छोराछरीहरु / साथी भाइ सबैको मुखमा झुण्डीएको शब्द नै समायोजन ।

के भयो हजुरको समायोजन ? अब कहाँ जाने होला, के गर्ने होला, कहाँ पढ्ने होला, के खाने होला …….. यस्तै यस्तै अनेक कुराहरूले कर्मचारीका परिवारका सदस्यहरूको पनि सातो लिएको छ यो समायोजनले । आखिर किन सबैको मनमा डर त्रास लिएर बसेको होला । कस्तो जन्तु बन्न पुगेछ यो समायोजन । यस्तो सबैको मनमा डर त्रास फैलाउने भाइरस बनाएर के पाउनुभयो हाम्रा विज्ञहरूले ।

“ कवि शिरोमणि” लेखनाथ पौडेलले लेखेको यो कविताको सम्झना आयो अहिले
मै खाऊँ मै लाऊँ सुख-सयल वा मौज मै गरूँ
मै बाँचु, मै नाँचु , अरू सब मरुन् दुर्वलहरु
भनी दाह्रा धस्ने अबुझ शतदेखि छक परी
चिता खित्का छाडी अभयसित हाँस्यो मरीमरी

अर्थात्
मानव सुन्दर हुनुपर्दछ, बाँडिचुँडी खानुपर्दछ, कसैले कसैलाई दुःख दिनुहुँदैन, आखिर मानिसको शरीर जतिसुकै बलवान भएपनि भौतिक शरीर माटोमा मिलेर जानु पर्दछ । जस्तोसुकै शक्ति वा बलवान हुँ भन्ने पनि कति आए ती सबै आखिर माटोमा नै मिले । त्यसैले हामी कसैले पनि दम्भ र घमन्ड त्यागौँ भन्ने सन्देश दिएको यस कविताको आशयलाई पनि मनन गर्न नसक्ने हाम्रा प्रशासक विज्ञहरूद्वारा आखिर कर्मचारी समायोजनमा चरितार्थ भएको देखिन्छ ।

खैत सामान्य प्रशासन समूहका राजपत्राङ्कीत कर्मचारीहरू ७ औँ देखि १२ औँ तहसम्म प्रदेश र स्थानीय तहमा समायोजन भएको पाइएन । यसरी ७ औँ देखि १२ औँ तहसम्म पनि समायोजन गराउन नसकिने भएदेखि किन पो यत्रो नाटक गर्नुपर्दथ्यो र समायोजन भनेर । प्रदेश र स्थानीय तहमा कर्मचारी भएनन् काम गर्न अप्ठ्यारो पर्‍यो भनेर समायोजन अध्यादेश ल्याइएको हो होईनर ?

समायोजनको यो नाटक पछि पनि संघमा नै बसेर प्रदेश र स्थानीय तहमा गएर हाकिम भएर कार्यालय चलाउन पाइने भएपछि के फरक पर्‍यो र ! समायोजन अघि र पछि आखिर अहिले पनि त सोही अनुसार चलिराखे कै त थियो नि । आफूहरू त्यत्तिको संख्यमा अटिने संघमा अरूहरू अट्न किन नसकेका होलान् महासयहरू ? अन्य सेवा समूह र ती तल्लो तहका कर्मचारीहरूलाई मात्र डर त्रास देखाएर समायोजनमा लगेर यहाँहरूलाई के आनन्दको निद्रा त पक्कै आउँदैन होला किनकि आज धेरै कर्मचारीहरूको बिचल्ली हुने देखिएको छ ।

जागिरको सिलसिलामा जेनतेन आ-आफ्नो तरिकाले बाल बच्चा बाबु आमा सँगै पनि बसेका होलान् । आज ती पढिरहेका बालबच्चालाई अब कहाँ लगेर जानु ? सँगै लिएर जाउ भने बुढा भई सकेका बाबु आमा र पढाई तीर लागेका बालबच्चा नलिईकन कहाँ जाने ? १५ /२० हजार तलब भएको जागिरले कता कता कोठा भाडा र खाना खर्च पुर्‍याउने ? के यही दुःख दिने नियतले ल्याइएको हो त यो समायोजन ? आज यस समायोजनको सातोले समायोजनमा परिने धेरै कर्मचारीहरूलाई नैराश्यता बनाएको छ । काम गर्ने पटक्कै जाँगर छैन । कार्यालय होस् वा घर, चिया पसल होस वा चोक जहाँकही यही समायोजन को कुरा मात्र सुन्न पाइन्छ । रोल नम्बर कति हो भनेर पनि सोधिन्छ । अवकाश भएको १० वर्ष भएका कर्मचारीको पनि जेष्ठतामा नाम देखिन्छ । के यसैको आधारमा समायोजन गरी अवकाश बालालाई पनि समायोजनको पत्र थमाइने त होइन ? किन यस्तो लथालिङ्ग भएको छ त हाम्रो कर्मचारी संयन्त्र ? यसलाई सुधार्न तर्फ लाग्नु पर्ने कि अझ बिगार्न तीर !

प्रतिक्रिया दिनुहोस