२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकार समाजवादको आधार निर्माण गर्दैछ : गृहमन्त्री थापा

अ+ अ-

बनियानी । गृहमन्त्री रामबहादुर थापाले सरकार समाजवादको आधार निर्माण गर्ने दिशामा अघि बढेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाले आज बिर्तामोडमा आयोजना गरेको ‘जनआन्दोलन तथा जनयुद्धका महान् शहीदको सम्मानमा श्रद्धाञ्जलि कार्यक्रम’मा उनले महान् शहीदको सपना पूरा गर्न सरकार समाजवादको आधार निर्माणको दिशामा अघि बढिरहेको बताए।

‘समाजवादको शुरुआत गरेर सामन्यवादको गन्तव्यमा पुग्ने पार्टीको नीतिअनुसार सरकार समाजवादको आधार निर्माण लागि परेको छ’, उनले भने, ‘उत्पादन, औद्योगिक विकास, पूर्वाधार निर्माण, स्वास्थ्य, शिक्षालगायतमा जनताको पहुँच अभिवृद्धि हुनु समाजवाद हो, सरकार त्यही दिशामा अघि बढेको छ ।’ समाजवादको आफ्नै राजनीतिक, सामाजिक र आर्थिक नीति हुनेसमेत उनले बताए । उत्पादनमा समान स्वामित्व ग्रहण र राजनीतिमा श्रमजीवी वर्गको पहुँच नभएसम्म समाजवाद नआउने उनले बताए ।

शहीदको सपना पूरा गर्न वर्तमानको समीक्षा गर्दै नयाँ सङ्कल्प र एकताबद्ध अघि बढ्नुपर्नेमा गृहमन्त्री थापाले जोडसमेत दिए । ‘परिवर्तन आन्दोलन र संघर्षबाट मात्र प्राप्त हुन्छ’, उनले भने, ‘परिवर्तनले मात्र शहीदको सपना पूरा हुन्छ ।’

नेकपाको पार्टी एकताको प्रसङ्गमा कुरा गर्दै गृहमन्त्री थापाले फागुन महीनाभित्र पार्टी एकता हुने बताए । ‘पार्टी एकताको बाँकी काम फागुन दोस्रो सातासम्मा पूरा हुन्छ’, उनले भने, ‘पार्टी एकताको विकल्प छैन, फागुनभित्र पार्टी एकता हुन्छ, म प्रतिबद्धता गर्छु ।’ पार्टी एकतालाई पूर्णता दिन अन्तर संघर्ष र बहसलाई नयाँ उचाइमा पुर्‍याउनुपर्ने आवश्यकतासमेत उनले औँल्याए । ‘पार्टीभित्रको कमजोरीमा खेल्ने प्रयास भइरहेको छ’, उनले भने, ‘पार्टी गुट होइन, सबै प्रवृत्तिलाई मिलाएर लान आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस