२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेनीमा बालगृहको विस्तारका लागि अर्थाभाव

अ+ अ-

गलेश्वर । म्याग्दीको सदरमुकाम बेनीमा अनाथ बालबालिकाको आश्रय र शिक्षादिक्षाका लागि सञ्चालित धौवलागिरि क्षेत्रकै एकमात्र बालगृह ‘म्याग्दी बालगृह’को क्षमता र पूर्वाधार विस्तारका लागि अर्थाभाव भएको छ ।

नेपाल बाल सङ्गठन म्याग्दीद्वारा सञ्चालित बाहगृहमा आश्रित बालबालिकाका लागि भौतिक पूर्वाधारको समस्या भएपछि पूर्वाधार विस्तार गर्न अर्थाभाव भएको बाल सङ्गठन म्याग्दीका सभापति नेत्रबहादुर महतले बताए । सभापति महतले अनाथ बालबालिकाको सुविधा र सहजताका लागि पूर्वाधार विस्तार गर्न लागिएकाले यथाशक्य आर्थिक सहयोग गर्न मनकारी व्यक्ति, संघसंस्था तथा विभिन्न निकायलाई आग्रह गरे ।

सङ्गठनले बिहीबार साँझ बेनीमा एक कार्यक्रमको आयोजना गरेर अनाथ बालबालिकाले आश्रय लिँदै आएको बालगृहको थप भवन निर्माणका लागि सहयोग सङ्कलन अभियान शुरु गरिएको जानकारी गराएको हो ।

सङ्गठनका सभापति महतले दुईतले छ कोठे भवन निर्माण गर्न लागिएको बताउँदै भवन निर्माणका लागि रु ५५ लाख लागत अनुमान गरिएको जानकारी दिए ।

चालू आर्थिक वर्षमा बेनी नगरपालिकाले रु पाँच लाख विनियोजन गरेको भवन निर्माण योजनाका लागि थप रु ५० लाख जुटाउन विभिन्न दाता, व्यक्ति तथा सहयोगी संघसंस्थाको खोजी गरिएको उनको भनाइ थियो ।

बालगृहमा हाल म्याग्दी, बागलुङ र पर्वतका गरी सात बालिकासहित १२ अनाथ बालबालिका आश्रित छन् । बुबाआमा दुवै नभएका बालबालिकालाई बालगृहमा आश्रय दिएर एसइईसम्मको शिक्षाको व्यवस्था मिलाइएको छ ।

विसं २०४८ मा स्थापना भएको बालगृहमा आश्रय लिएर हालसम्म २० भन्दा बढी अनाथ बालबालिकाले एसइईसम्मको अध्ययन गरेको सङ्गठनले जनाएको छ । बालगृह भवनको सटर भाडा, अक्षयकोषको ब्याज, विभिन्न व्यक्ति तथा संघसंस्थाले उपलब्ध गराउने नगद तथा जिन्सी सामग्री सहयोगको भरमा बालगृह सञ्चालन हुदै आएको छ ।