२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘मिस एण्ड मिसेज व्यूटिफूल’को उपाधि सम्पदा र स्मिृतीलाई

अ+ अ-

काठमाडौं । सम्पदा अमगाई र स्मिृती पोख्रेलले मिस एण्ड मिसेज व्यूटिफूलको उपाधि चुमेका छन् । दक्ष ईन्टरनेशनलको आयोजनामा आयोजित मिस एण्ड मिसेज व्यूटिफूल २०१९ को ताज मिसतर्फ चितवनकी सम्पदा अमगाई र मिसेजतर्फ काठमाडौंकी स्मिृती पोख्रेलले पहिरेका हुन् ।

राष्ट्रिय नाचघरमा भएको अन्तिम प्रतिस्पर्धामा उत्कृष्ट १५ जना प्रतियोगीलाई पछि पार्दै सम्पदाले मिस तर्फको ताजसँगै ‘मस्ट टैलेन्ट र बेष्ट फोटोजेनीकको टाईटल’समेत प्राप्त गरिन । प्रतियोगितामा मिसतर्फ मनिषा पाण्डे फष्ट रनरअप, रुची पाण्डे सेकेन्ड रनरअप र कुशुम श्रेष्ठ थर्ड रनरअप हुन सफल भए भने मस्ट पपुलर, फेसबुक च्वाईस, भियुर्स च्वाईस तथा बेष्ट एक्टिङको उपाधि गीता शर्माले हात पारिन ।

त्यसै गरी मिसेस तर्फको फस्ट रनरअपमा ज्योती पोख्रेल सेकेण्ड रनरअपमा ओविका बेल्वासे भईन भने बसुन्धारा बस्नेतले थर्ड रनरअप, मस्ट पपुलर तथा बेष्ट स्किनको टाईटल हात पार्न सफल भईन ।प्रतियोगिताको निर्णायक मण्डलमा बरिष्ठ नायक सरोज खनाल, बरिष्ठ गायक आनन्द कार्की, नायक रमेश उफ्रेती, म्युजिक कम्पोजर एवम् नेपालकी पहिलो महिला सङ्गीतकार रेखा पौडेल, डा.सुशिला मल्ल, कलाकार सरिता गिरी तथा हेमाङ्ग राज गिरी रहेका थिए ।

आश्विनी झाको कोरियोग्राफी रहेको प्रतियोगिताको कार्यक्रम सञ्चालन समेत उनैले गरेका थिए ।कार्यक्रममा आफ्नो क्षेत्रमा विशेष योगदान दिने वरिष्ठ व्यक्तित्वहरु चर्चित कलाकार शिवहरि पौडेल, सञ्चारकर्मी किरण अधिकारी, कलाकार एलिना बास्कोटा, व्यबसायी रुपक शर्मा पोख्रेललाई दक्ष ईन्टरनेशनल अवार्ड २०१९ बाट सम्मानित गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी काठमाडौ महानगरपालिकाका उप मेयर हरिप्रभा खड्गी र बिशेष अतिथी बरिष्ठ कलाकार किरण केसी ‘रातामकै’ तथा दक्ष ईन्टरनेशनलका अध्यक्ष टेक राज पाण्डेले सम्मानित व्यक्तित्वहरुलाई सम्मान अर्पण गरेका थिए ।
कार्यक्रममा पेजेन्ट नेपालले तयार पारेको उत्कृष्ट डिजाइनहरु प्रस्तुत गरिएको थियो ।