२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आर्थिक क्षेत्र समृद्धिको इञ्जिन : मन्त्री बाँस्कोटा

अ+ अ-

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विभिन्न आर्थिक क्षेत्र नेपालमा प्रगति र समृद्धिको इञ्जिन भएको बताएका छन् , पनौतिस्थित सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको रजत महोत्सवमा आज मन्त्री बाँस्कोटाले भने, ‘कृषि, पर्यटन, यायायात, सञ्चार, जलविद्युत्लगायत आठ क्षेत्रमा प्रगति गर्न नेपालको आर्थिक क्षेत्र समृद्धिको इञ्जिन हो, आर्थिक क्षेत्रलाई मुख्य इञ्जिनका रूपमा अघि सारेका छौँ ।’ नेपालमा अर्थतन्त्र मजबुत नहुँदासम्म केही वैदेशिक ऋण लिनुपर्ने बाध्यता रहेको उनले बताए ।

मन्त्री बाँस्कोटाले अब राजनीतिक आन्दोलन सकिएकाले आर्थिक प्रगति, समृद्धि र क्रान्ति तथा पुनःनिर्माण र समाजका प्रत्येक क्षेत्रको समृद्धिमा नेपाल प्रवेश गरेको बताए । उनले भने, ‘यसमा सरकार मात्र सामेल भएर पुग्दैन, आर्थिक, शैक्षिक, सांस्कृतिक र सहकारीको क्षेत्रले हातेमालो गरेपछि मात्रै मुलुकले चाहेको प्रगति हासिल गर्नसक्छ ।’

मन्त्री बाँस्कोटाले सरकार तीव्र आर्थिक वृद्धिदर कायम गर्ने अभियानमा रहेको उल्लेख गर्दै भने, ‘पछिल्लो प्रतिवेदनले करीब छ प्रतिशतले राष्ट्रिय वृद्धिदर कायम भएको देखाएको छ, बाहिर हल्ला भएझैँ भएको भए यो प्रगति कसरी सम्भव भयो ?’ उनले सरकारले कुनै एक क्षेत्रको एउटा विकासको मात्रै कल्पना नगर्ने बताए ।

मन्त्री बाँस्कोटाले यसवर्ष पर्यटनको अपेक्षित लाभ हासिल गरिरहेको बताए । उनले भने, ‘यो वर्ष १२ लाख बढी पर्यटक आइसकेको छन्, हामी सकारात्मक परिवर्तनको दिशातर्फ केन्द्रीकृत छौँ, आम नागरिकको साथ बिना सरकार सफल हुनसक्दैन ।’

उनले केही मान्छे सरकारविरुद्ध केही पनि गरेन भन्दै कोलाहल गरिरहेकाले कुनै कुनै आँखाले विपी कोइरालाको ‘दोषी चस्मा’जस्तो नकारात्मक मात्रै देख्छ भने ।

मन्त्री बाँस्कोटाले सरकारको तीनखम्बे अर्थनीतिअन्तर्गत राज्यको तर्फबाट राष्ट्रिय लगानी, जनताको पूँजी परिचालन गर्न सहकारी र निजी क्षेत्रलाई पनि सक्रिय आर्थिक उत्पादनको प्रक्रियामा सामेल गराइने बताए । उनले सहकारीलाई ऋण लगानी र उठ्तीमा मात्र होइन निष्क्रिय पूँजीलाई सक्रिय बनाई उत्पादनमूलकतर्फ उन्मुख हुन आग्रह गरे ।

मन्त्री बाँस्कोटाले भने, ‘प्रधानमन्त्रीले हालैमात्र स्वीट्जरल्याण्डको डाभोसमा विश्वका ठूला कम्पनीको सभामा नेपालमा लगानीको वातावरण छ भनेर आमन्त्रण गरिसकेका छन्, नेपालले पनि आउँदो चैतमा लगानी सम्मेलनको आयोजना गर्दैछ, सरकार खुद्रे राजनीतिक कुरामा अल्मलिँदैन, हामीलाई प्रगति चाहिएको छ, प्रगतिका निम्ति लगानी र त्यसका लागि सम्पूर्ण आर्थिक क्षेत्र परिचालन गर्नेछौँ ।’

उनले आजै संस्थाले सहकारीका क्षेत्रमा जिल्लामा पहिलो पटक स्थापना गरेको एटिएम सेवाको उद्घाटन गरे ।