काठमाडौँ । प्रतिनिधि सभाका सांसदहरुले बाध्यकारी श्रम अन्त्यका लागि प्रभावकारी कदम चाल्न सरकारलाई दबाब दिएका छन् ।
सोमवार प्रतिनिधि सभा बैठकमा अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि, १०३० सम्बन्धी सन २०१४ को प्रोटोकल नम्बर २९ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरु गोविन्द पन्थी, नरेन्द्रकुमार केरुङ, परशुराम तामाङसहितका सांसदहरुले उक्त कुरा बताएका हुन्।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पन्थीले विदेश जाने नेपाली श्रमिकहरूको हितका लागि पनि सरकारले उक्त महासन्धि अनुमोदन गरेर त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिन आवश्यक रहेको बताए ।







