२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभामा सांसदहरूले उठाएका समसामयिक प्रश्न र घटनासम्बन्धी विषयमा सरकारलाई जवाफ दिन सभामुख डोलप्रसाद अर्यालले निर्देशन दिएका छन्।

सोमबारको बैठकमा आकस्मिक तथा शून्य समयमा विभिन्न सांसदहरूले उठाएका मुद्दा गम्भीर प्रकृतिका रहेको उल्लेख गर्दै सभामुख अर्यालले ती विषयमा सरकारको स्पष्ट धारणा आवश्यक रहेको बताए। उनले विपद् जोखिम, बाढी-पहिरो र डुबानका कारण हुन सक्ने जनधन क्षति न्यूनीकरण तथा पूर्वतयारीका बारेमा भइरहेका कामकारबाहीबारे पनि संसदलाई जानकारी दिन सरकारलाई आग्रह गरे।

सभामुखले संसदमा उठाइएका प्रश्नलाई गम्भीर रूपमा लिएर तत्काल जवाफ उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको उल्लेख गर्दै यस्ता विषयमा संसदलाई बेवास्ता गर्न नहुने धारणा व्यक्त गरे।

यसअघि बैठकमा सांसदहरूले विशेष गरी कर्णाली राजमार्गमा हालै भएको सवारी दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका थिए। उद्धार कार्य समयमा प्रभावकारी नभएको भन्दै उनीहरूले सरकारको भूमिकामाथि प्रश्न उठाएका थिए।

सत्तापक्ष र प्रतिपक्ष दुवैतर्फबाट विषय उठेपछि जवाफ दिनुपर्ने माग बलियो बनेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईँले दुर्घटनापछि सरकारको उद्धार क्षमतामाथि प्रश्न उठाउँदै सम्पूर्ण सरकारी संयन्त्र परिचालन भए/नभएको स्पष्ट पारिनुपर्ने बताए। उनले भविष्यमा यस्ता दुर्घटना दोहोरिन नदिन दीर्घकालीन योजना आवश्यक रहेको भन्दै गृहमन्त्रीले संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने मागसमेत गरेका थिए।

सांसदहरूले उठाएका प्रश्न र चासोलाई मध्यनजर गर्दै सभामुखले सरकारलाई औपचारिक रूपमा जवाफ दिन निर्देशन दिएका हुन्।

0 Comments