काठमाडौँ। जिल्ला बाँके नेपालगञ्ज उपमहानगरपालिका १४ उधौपुर्वाबाट ८० ग्राम ३७० मिलिग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्। स्थानीय ४२ वर्षीय जसवन्त चौहान लोनिया र ३७ वर्षीया मिना कुमारी लोनिया पक्राउ परेका हुन्।
खानतलासी गर्ने क्रममा जसवन्त चौहान लोनियाको हातको मुठ्ठीभित्र लुकाइराखेको प्लास्टिकको पोकाबाट ८० ग्राम ३७० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने खैरो गिलो पदार्थ बरामद गरिएको हो ।
पक्राउ परेका दुवै जनामाथि लागू औषध सम्बन्धी कसुरमा थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाही भइरहेको छ ।







