२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्किङबाट हराएको पेट्रोल ट्यांकर सुनसरीमा फेला, ९७३ लिटर पेट्रोल चोरी

अ+ अ-

काठमाडौँ । नेपाल आयल निगमको कोशी प्रादेशिक कार्यालय विराटनगरका लागि इन्धन ढुवानी गर्ने एक ट्यांकर पार्किङ स्थलबाटै हराएर सुनसरीमा बेवारिसे अवस्थामा फेला परेको छ।

इण्डियन आयल कर्पोरेसनको सिलिगुढी डिपोबाट २० हजार लिटर पेट्रोल लोड गरी आइतबार कञ्चनबारीस्थित पार्किङमा राखिएको को १ ख ६१९० नम्बरको ट्याङ्कर असार ८ गते सोमबार बिहान हराएको थियो ।  नविन ढुवानी सेवा प्रालिको उक्त ट्यांकर हराएको जानकारी ढुवानीकर्ताले निगमलाई लिखित रूपमा गराएका थिए।

ट्यांकर हराए लगत्तै निगमले जिल्ला प्रहरी कार्यालय मोरङलाई खबर गरेको थियो। प्रहरीको सीसीटीभी फुटेज जाँच गर्दा ट्यांकर असार ८ गते बिहान ३:०३ बजे पार्किङ स्थलबाट बाहिरिएर नोबेल हस्पिटलनर्फ मोडिएको देखिएको थियो। त्यस लगत्तै निगमका कर्मचारी, प्रहरी र ढुवानीकर्ताले खोजी तीव्र पारेका थिए। खोजीका क्रममा विराटनगर डिपोबाट करिब १७ किलोमिटरको दुरीमा रहेको सुनसरीको भोक्राहा गाउँपालिका–८ स्थित हुलाकी राजमार्गमा ट्यांकर बेवारिसे र ताला काटिएको अवस्थामा फेला परेका थिए । 

जिल्ला प्रहरी कार्यालय सुनसरी, निगमका कर्मचारी र ढुवानीकर्ताका प्रतिनिधिको रोहबरमा घटनास्थलको मुचुल्का तयार गरी ट्यांकरलाई नियन्त्रणमा लिइएको थियो। थप अनुसन्धानका लागि सुनसरी प्रहरीले मोरङ प्रहरीलाई कागजात बुझाएको छ भने ट्यांकरलाई निगमको पार्किङमा ल्याएर सिल गरी राखिएको थियो।

 जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय मोरङ, पत्रकार र सरोकारवालाको रोहबरमा ट्यांकरको सिल खोलेर गुणस्तर तथा परिमाण आन जाँच गरिएको छ। जाँचका क्रममा पेट्रोलको गुणस्तर ठिक पाइए पनि २० हजार लिटरमध्ये ९७३ लिटर पेट्रोल चोरी भएको पुष्टि भएको छ। ट्यांकरमा बाँकी रहेको १९ हजार २७ लिटर पेट्रोल निगमको भण्डारणमा खाली गरिएको छ।

निगमको पेट्रोलियम पदार्थ ढुवानी विनियमावली, २०७३ मा भएको कानुनी व्यवस्थाबमोजिम चोरी भएको ९७३ लिटर पेट्रोलको दोब्बर बराबरको रकम ढुवानीकर्ताबाट असुल गरिएको निगमका कोशी प्रादेशिक कार्यालय प्रमुख पुस्कर कार्कीले जानकारी दिए ।

0 Comments