२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिका-इरान वार्ता आज 

अ+ अ-

वासिङ्गटन । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानसँगको वार्ता आज (आइतबार)बाट नै सुरु हुन सक्ने बताएका छन् । 

वार्ताका लागि अमेरिकी राष्ट्रपतिका दूत स्टिभ विटकोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुनर स्विट्जरल्यान्ड पुगिसकेको उनले बताएका हुन् । 

शनिबार फक्स न्यूजसँगको अन्तर्वार्तामा भान्सले आफू पनि छिट्टै स्विट्जरल्यान्ड जाने र वार्ता आइतबारबाट नै सुरु हुन सक्ने बताए । 

यसैबीच, लेबनानमा इजरायलले गरेको आक्रमणको विरोध गरेको छ । अमेरिकासँगको समझदारी पत्रमा इरान र यस क्षेत्रका लेबनान लगायत इराननिकट शक्तिहरूको आक्रमणलाई पनि रोक्ने सहमति भएको र इजरायल र लेबनाननबीच शुक्रबार युद्धविराम घोषणा भएपनि आक्रमण नरोकिएको भन्दै इरानको मुख्य सैन्य कमान्ड खातम अल–अन्बियाले हर्मुज जलडमरू बन्द गर्ने घोषणा गरेको छ । अमेरिकाले नयाँ शान्ति समझदारी उल्लंघन गरेको र इजरायलले दक्षिणी लेबनानमा युद्धविराम तोडेको भन्दै इरानले यस्तो कदम चालेको जनाएको छ । 

भान्सले इरानले जलडमरू बन्द गरेको कुनै प्रमाण नदेखिएको बताउँदै फक्स न्यूजसँग भने, “हामीले इरानीहरूले हर्मुज जलडमरू बन्द गरेको कुनै प्रमाण देखेका छैनौं । तर त्यहाँ रहेका विष्फोटक पदार्थहरू हटाउन केही समय लाग्ने भएकाले पूर्णरूपमा नियमित जहाज आवागमनमा केही समय लाग्नेछ ।”

पाकिस्तानद्वारा पुष्टि
पाकिस्तानको विदेश मन्त्रालयले शनिबार इस्लामावाद समझदारी पत्र अनुसार अमेरिका र इरानबीच प्राविधिक स्तरको वार्ता आइतबार स्विट्जरल्यान्डको बुरगेनस्टकमा हुनेछ ।

दुवै देशका प्रतिनिधि तथा मध्यस्थकर्ता पाकिस्तान र कतारका प्रतिनिधिहरू वार्तामा सहभागी हुनेछन् । पाकिस्तानले मध्यस्थकर्ताको भूमिकामा यो प्रक्रियालाई निरन्तर सहयोग गर्नेछ ।

0 Comments