२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनलाई सरकारको प्राथमिकता, कूटनीतिक पहल तीव्र

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पोखरा तथा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनका लागि सरकारले आन्तरिक तयारीसँगै कूटनीतिक तहमा पनि सक्रिय पहल गरिरहेको बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सद्वारा आयोजित बजेटसम्बन्धी अन्तरक्रियामा बोल्दै अर्थमन्त्री वाग्लेले दुवै अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनु सरकारको प्रमुख प्राथमिकतामध्ये एक रहेको बताए ।

उनका अनुसार विमानस्थल सञ्चालन, अन्तर्राष्ट्रिय हवाई पहुँच विस्तार, हवाई मार्ग व्यवस्थापन तथा क्षेत्रीय कनेक्टिभिटीसँग सम्बन्धित विषयहरूलाई नेपालले छिमेकी मुलुकहरूसँगको संवादमा महत्वपूर्ण एजेन्डाका रूपमा उठाउँदै आएको छ ।

अर्थमन्त्री वाग्लेले परराष्ट्रमन्त्री शिशिर खनालको हालैका भारत तथा चीन भ्रमणका क्रममा पनि हवाई उड्डयन क्षेत्रसँग सम्बन्धित विषयहरू छलफलको प्राथमिक सूचीमा रहेको जानकारी दिए । विमानस्थलको उपयोगिता बढाउने, अन्तर्राष्ट्रिय उडान आकर्षित गर्ने तथा व्यवस्थापन सुधारका विषयमा विभिन्न तहमा संवाद भइरहेको उनले बताए ।

दुवै विमानस्थल निर्माणका लागि लिइएको ऋणको दायित्व राज्यले वहन गरिरहेकाले तिनलाई सञ्चालनयोग्य र आर्थिक रूपमा प्रभावकारी बनाउनु सरकारका लागि आवश्यक रहेको मन्त्री वाग्लेको भनाइ थियो । उनले विमानस्थलबाट अपेक्षित प्रतिफल प्राप्त गर्न सम्बन्धित सबै पक्षसँग समन्वय गरेर काम भइरहेको बताए ।

सरकारले आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्दै हवाई उड्डयन, ऊर्जा, सडक पूर्वाधारलगायत क्षेत्रसँग सम्बन्धित विषयमा अन्तर्राष्ट्रिय तहमा निरन्तर पहल गरिरहेको पनि उनले उल्लेख गरे ।

अर्थमन्त्री वाग्लेले विगतमा पर्याप्त रूपमा सम्बोधन हुन नसकेका विषयमा समेत वर्तमान सरकारले सक्रिय संवाद र वार्तामार्फत समाधान खोज्ने प्रयास गरिरहेको दाबी गरे ।

0 Comments