२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा १० जनाको आवेदन

अ+ अ-

काठमाडौँ । चिकित्सा शिक्षा आयोगको रिक्त उपाध्यक्ष पदका लागि १० जनाले आवेदन दिएका छन् । उपाध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले सार्वजनिक गरेको विवरणअनुसार निर्धारित समय सीमाभित्र उक्त संख्यामा आवेदन परेको हो ।

आवेदन दिनेहरूमा यसअघि आयोगको उपाध्यक्षका रूपमा चार वर्ष कार्यसम्पादन गरिसकेका प्रा. डा. श्रीकृष्ण गिरी पनि रहेका छन् । यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्वसचिव डा. रोशन पोखरेलले समेत उम्मेदवारी दिएका छन् ।

त्यसैगरी प्रा. डा. गेहनाथ बराल, प्रा. डा. दिनेशकुमार लम्साल, प्रा. डा. दीपेन्द्र श्रेष्ठ, प्रा. डा. देवेन्द्रबहादुर खत्री, सहप्राध्यापक डा. प्रमोदकुमार यादव, प्रा. डा. सञ्जयकुमार श्रेष्ठ, प्रा. डा. सुरज बज्राचार्य तथा प्रा. डा. शैलेश प्रधानले पनि आवेदन दर्ता गराएका छन् ।

सिफारिस समितिले आवेदकहरूलाई कार्ययोजनासहितको सोचपत्र प्रस्तुत गर्न तथा अन्तर्वार्तामा सहभागी हुन समय निर्धारण गरेको छ । समितिअनुसार २६ जेठमा प्रस्तुतीकरण र २७ जेठमा अन्तर्वार्ता सञ्चालन गरिनेछ ।

यसअघि गत १९ वैशाखमा जारी अध्यादेशमार्फत १२ चैतअघि भएका नियुक्तिहरू खारेज गर्ने व्यवस्था लागू भएपछि तत्कालीन उपाध्यक्ष प्रा. डा. अञ्जनीकुमार झाको पदावधि समाप्त भएको थियो ।

त्यसपछि प्रा. डा. श्रीकृष्ण गिरीलाई अर्को व्यवस्था नभएसम्मका लागि आयोगको उपाध्यक्षको जिम्मेवारी सम्हाल्ने गरी सोमबार नियुक्त गरिएको थियो । उनले मंगलबारदेखि नै कार्यालयको कार्यभार सम्हाल्न थालेका छन् ।

0 Comments