काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को आंगिक शिक्षालय स्कुल अफ हेल्थ साइन्स, भरतपुरले शैक्षिक सत्र २०८३–०८४ का लागि डिप्लोमा तहको पूर्ण शुल्कीय तर्फको भर्ना प्रक्रिया सुरु गरेको छ।
शिक्षालयले आज एक सूचना जारी गर्दै विभिन्न छ वटा विषयमा अनलाइन आवेदन फाराम भर्न आह्वान गरेको हो।
सूचना अनुसार सामान्य चिकित्सामा ६२, फार्मेसीमा ४०, मेडिकल ल्याब टेक्नोलोजीमा ३०, फिजियोथेरापीमा ४०, डेन्टल हाइजिनमा ४० र रेडियोग्राफीमा ३० गरी कुल २४२ सिटमा भर्ना लिइनेछ। यी सिटहरूमा खुल्ला, लक्षित वर्ग, परिषद् कर्मचारी र अन्य विभिन्न कोटा समेत निर्धारण गरिएको छ।
इच्छुक विद्यार्थीले आजदेखि जेठ १३ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।








