२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मलेसियामा डुंगा डुब्दा १४ जना बेपत्ता

अ+ अ-

मलेसिया कोलालम्पुर । मलेसियाको पश्चिमी तटमा रहेको पांकोर टापुमा इन्डोनेसियाका ३७ जना कागजात विहीन आप्रवासी बोकेको डुंगा डुब्दा १४ जना बेपत्ता भएको अधिकारीहरूले बताएका छन् ।  

पेराकमा स्थित मलेसियन मेरिटाइम एन्फोर्समेन्ट एजेन्सी (एमएमइए) ले सोमबार एक जना स्थानीय माझीले समुद्रमा जीवित व्यक्तिहरू तैरिरहेको भेटेर सूचना गरे पछि घटनाको आशंका गरी उद्धार प्रयास गरिएको बताएको छ ।

 प्रारम्भिक अनुसन्धानले डुंगामा सवार ३७ जना मध्ये २३ जना पीडितलाई उद्धार गरिएको जनाएको छ भने बाँकी व्यक्तिहरू पत्ता लगाउने प्रयास जारी छ । पेराक एमएमइएका निर्देशक मोहम्मद शुकरी खोटोबले विज्ञप्ति जारी गर्दै  प्रारम्भिक अनुसन्धानले आप्रवासीहरू मे-९ मा इन्डोनेसियाको किसरनबाट  पेनाङ, तेरेङ्गानु, सेलान्गोर र क्वालालम्पुर लगायत मलेसियाका  अन्य गन्तव्यहरूतर्फ हिँडेको उल्लेख गरेका छन् । 

एजेन्सीले बेपत्ता व्यक्तिहरूको खोजी गर्न डुंगा, हेलिकप्टर तथा  विमान तैनाथ गरेको उनले बताएका छन् । उद्धार गरिएका व्यक्तिलाई थप अनुसन्धानका लागि प्रहरीलाई बुझाएको जनाएको छ । 

मलेसिया एसियाका गरिब भागहरूबाट आएका लाखौँ आप्रवासीहरूको मुख्य गन्तव्य हो, जस मध्ये धेरै जना कागजात विहीन छन् जसले निर्माण र कृषि लगायत उद्योगहरूमा काम गरिरहेको जनाइएको छ ।

यद्देपी मानव बेचबिखनको अखडा बनाइएका सीमाहरूमा प्राय: खतरनाक हुने गरेको र जसले गर्दा डुंगाहरू डुब्ने गरेको बताएको छ । 

यस अघि सन् २०२५ नोभेम्बर मा थाई-मलेसियन तट नजिकै अनियमित आप्रवासी बोकेको डुंगा पल्टिदा ३६ जना आप्रवासीहरूको मृत्यु भएको थियो ।   

0 Comments