काठमाण्डौं । सरकारले राष्ट्रिय डिजिटल पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर, डाटा सेन्टर, अन्तरसञ्चार माध्यम तथा सरकारी क्लाउड पूर्वाधारको विकास गर्ने भएको छ । डिजिटल सेवा विस्तार र सूचना प्रविधिको सुरक्षित उपयोगका लागि आवश्यक संरचना निर्माण गरिने नीति अघि सारिएको छ ।
संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेल आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् ।
सरकारले डाटा, कृत्रिम बुद्धिमत्ता, डिजिटल प्रविधि र साइबर सुरक्षाको प्रयोगलाई प्रवर्द्धन गर्दै नवप्रवर्तन तथा स्टार्टअपलाई प्रोत्साहन गर्ने जनाएको छ । साथै, ज्ञानमा आधारित लोकतन्त्रको विकास गर्दै डिजिटल रूपान्तरणलाई तीव्रता दिइने नीति लिइएको छ ।







