२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस

अ+ अ-

काठमाडौँ । विश्वका विभिन्न देशमा आज र भोलि दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस मनाइँदै छ । 

संयुक्त राष्ट्रसंघको महासभाले सन् २००४ नोभेम्बर २२ मा पारित गरेको प्रस्तावअनुसार  हरेक वर्ष मे ८ र ९ लाई दोस्रो विश्वयुद्धका सबै पीडितको सम्झना तथा मेलमिलाप दिवसका रूपमा मनाउन प्रारम्भ भएको हो । 

उक्त प्रस्तावमार्फत सदस्य राष्ट्र, संयुक्त राष्ट्रसंघीय प्रणालीअन्तर्गतका निकाय, गैरसरकारी संस्था तथा व्यक्तिलाई यी दिन उपयुक्त ढंगले स्मृति दिवस मनाएर युद्धका पीडितप्रति श्रद्धाञ्जली अर्पण गर्न आह्वान गरिएको थियो ।

महासभाले दोस्रो विश्वयुद्धजस्तो भयावह घटनाले भावी  पुस्तालाई युद्धको विभीषिकाबाट जोगाउने उद्देश्यसहित संयुक्त राष्ट्रसंघ स्थापना गर्ने आधार तयार गरेको उल्लेख गरेको छ । साथै महासभाले सदस्य राष्ट्रलाई संयुक्त राष्ट्रसंघको बडापत्रअनुरूप शान्तिपूर्ण माध्यमबाट विवाद समाधान गर्दै अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षालाई मजबुत बनाउन एकताबद्ध प्रयास गर्न आग्रह गरेको छ ।

सन् २०१० मार्च २ मा महासभाले पुनः अर्को प्रस्ताव पारित गर्दै सदस्य राष्ट्र तथा सम्बन्धित निकायलाई मे ८-९ लाई दोस्रो विश्वयुद्धका सबै पीडितको सम्मानमा उपयुक्त रूपमा मनाउन आग्रह गरेको थियो । दोस्रो विश्वयुद्ध समाप्त भएको ६५औँ वर्ष पूरा भएको  अवसरमा सन् २०१० मे दोस्रो सातामा महासभाले विशेष शोक सभा पनि आयोजना गरिएको थियो ।

उक्त अवसरमा तत्कालीन महासचिवले दोस्रो विश्वयुद्धलाई “स्वतन्त्रता र मुक्तिका लागि इतिहासकै सबैभन्दा ठूलो संघर्ष भएको बताउँदै त्यो युद्धमा करिब चार करोड सर्वसाधारण र दुई करोड सैनिकको मृत्यु भएको थियो । तीमध्ये झन्डै आधा सोभियत संघका सैनिक थिए ।

दोस्रो विश्वयुद्धबाट विशेषगरी युरोप, एसिया, अफ्रिका, प्रशान्त क्षेत्र तथा विश्वका अन्य भागका  मानवजातिलाई अपूरणीय पीडा दिएको जनाउँदै महासभाले युद्धपछि मेलमिलाप, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सहकार्य, लोकतान्त्रिक मूल्य, मानवअधिकार तथा आधारभूत स्वतन्त्रताको प्रवर्द्धनमा भएको प्रगतिलाई  उपलब्धिका रूपमा उल्लेख गरेको छ ।

दोस्रो विश्वयुद्ध समाप्तिको ८०औँ वर्ष पूरा भएको अवसरमा गत वर्ष मे ७ मा महासभाले विशेष शोक सभा आयोजना गरेको थियो ।

0 Comments