मोरङ । विराटनगर महानगरपालिका-४ विराटनगर विमानस्थलबाट स्रोत नखुलेको नगद ११ लाख रुपैयाँ सहित एक जना पक्राउ परेका छन् ।
सुनसरी धरान उपमहानगरपालिका-१८ बस्ने ३५ वर्षीय दिलीप तामाङलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।
विमानस्थल सुरक्षा गार्ड विराटनगरबाट खटिएको प्रहरीले बुद्ध एयरको उडानद्वारा काठमाडौँ जान लागेका उनलाई जाँच गर्ने क्रममा उनको झोलाबाट उक्त नगद फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।







