२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा राष्ट्रपतिलाई थप परामर्श लिन कानुनविद्को सुझाव

अ+ अ-

काठमाडौँ । सरकारले सिफारिस गरेका विभिन्न अध्यादेशमध्ये संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे राष्ट्रपति रामचन्द्र पौडेलले कानुनविद्सँग परामर्श गरेका छन्। 

छलफलमा सहभागी कानुनविद्हरूले उक्त विषयमा थप अध्ययन, संवाद र परामर्श आवश्यक रहेको सुझाव दिएको जनाइएको छ।

राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार भएको छलफलमा सहभागी विज्ञहरूले फरक–फरक धारणा राखे पनि संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको विषय संवेदनशील भएकाले हतारोमा निर्णय नगर्न सुझाव दिएका स्रोतको भनाइ छ।

छलफलका क्रममा राष्ट्रपतिले आफूलाई सबै अध्यादेशमा समान चासो नभई विशेषतः संवैधानिक परिषद्सम्बन्धी विषयमा संवैधानिक स्पष्टता आवश्यक रहेको संकेत गरेका बताइएको छ। 

यसअघि संघीय संसदबाट पारित विधेयक फिर्ता पठाइएको तथा समान प्रकृतिको विषय पुनः अध्यादेशमार्फत आएको सन्दर्भमा कसरी निर्णय गर्ने भन्ने जिज्ञासा राष्ट्रपतिले राखेको स्रोतले जनाएको छ।

कतिपय कानुनविद्हरूले अध्यादेश पुनर्विचारका लागि प्रधानमन्त्रीलाई सन्देशसहित पत्राचार गर्न सुझाव दिएका थिए। केहीले थप संवैधानिक परामर्श लिनुपर्ने धारणा राखेका थिए भने अन्यले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरू तथा प्रधानमन्त्रीसँग समेत संवाद गर्नु उपयुक्त हुने बताएका थिए।

वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले प्रधानमन्त्रीसँग प्रत्यक्ष संवाद सुरु गर्न सुझाव दिएको पनि छलफलमा सहभागी स्रोतले जनाएको छ। अन्य केही कानुनविद्हरूले व्यापक परामर्श र सहमतिको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका थिए।

छलफलमा सहभागी सबै पक्षको राय सुनेपछि राष्ट्रपतिले तत्काल कुनै निष्कर्ष सार्वजनिक नगरी धन्यवाद ज्ञापनसहित बैठक टुंग्याएको जनाइएको छ।

सरकारले संवैधानिक परिषद्सहित विभिन्न विषयका अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति कार्यालयले कानुनी तथा संवैधानिक परामर्श प्रक्रिया अघि बढाएको हो।

उक्त छलफलमा बद्रीबहादुर कार्की, महादेव यादव, पूर्णमान शाक्य, भीमार्जुन आचार्य र टीकाराम भट्टराई सहभागी थिए।

0 Comments