२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झुट्टा बकपत्र तथा भ्रष्टाचारमा सहयोग गरेको आरोपमा मुद्दा दायर

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारसम्बन्धी मुद्दामा सरकारी साक्षीका रूपमा प्रस्तुत व्यक्तिविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको छ।

आयोगका अनुसार सरकारी बयान विपरीत अदालतमा बकपत्र गर्नुका साथै भ्रष्टाचारजन्य कार्यमा संलग्न रहेको पुष्टि भएपछि मुद्दा दायर गरिएको हो।

आयोगले बिहीबार जारी प्रेस विज्ञप्तिअनुसार वादी नेपाल सरकार र प्रतिवादी रामा शंकर प्रसाद कुशवाहासमेत रहेको भ्रष्टाचार मुद्दामा सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएकी रौतहट चन्द्रपुर नगरपालिका-८ निवासी दुर्गा भण्डारी (थापा) विरुद्ध अनुसन्धान गरिएको थियो।

अनुसन्धानका क्रममा आयोगसमक्ष दिएको बयान तथा आरोप मागदाबी विपरीत विशेष अदालत, काठमाडौँमा २०८३ वैशाख २ गते बकपत्र गरेको पाइएको आयोगले जनाएको छ। यसअघि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम अनुसन्धानमा सहयोग गरेको आधारमा उनलाई प्रतिवादी नबनाई सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएको थियो।

आयोगका अनुसार बलरा नगरपालिका, सर्लाहीले सञ्चालन गरेको ‘किशोरीहरूका लागि खेलौना बनाउने तालिम’ कार्यक्रममा मुख्य प्रशिक्षकका रूपमा संलग्न रही ३० दिनको तालिममध्ये पाँच दिन मात्र प्रशिक्षण सञ्चालन गरिएको अवस्थामा पूरा ३० दिन कार्यक्रम सम्पन्न भएको देखिने गरी झुट्टा कागजात तयार गर्न सहयोग गरिएको थियो।

यस कार्यबाट आफूलाई गैरकानुनी लाभ दिलाउने तथा सार्वजनिक संस्थालाई हानि पुर्‍याउने मनसाय देखिएको आयोगको निष्कर्ष छ। उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१) (ङ) अन्तर्गतको कसुरमा सहयोगी (मतियार) को भूमिकामा परेको भन्दै दफा २२ बमोजिम अभियोग लगाइएको छ।

मुख्य कसुरदारतर्फ रु. ३ लाख ८२ हजार ५३ को बिगो कायम गरिएको र सोही आधारमा प्रतिवादीलाई मुख्य कसुरदारसरह सजायको मागदाबी गर्दै विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरिएको आयोगले जनाएको छ।

0 Comments