काठमाडौँ । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिका लागि इच्छुक व्यक्तिहरूबाट व्यक्तिगत विवरण (बायोडाटा) पेश गर्न आह्वान गरेको छ।
मन्त्रालयले सूचना प्रकाशित गर्दै अध्यक्ष पदका लागि उपयुक्त व्यक्तिको छनोट प्रक्रिया अघि बढाइएको जनाएको छ। सोहीअनुसार आवश्यक योग्यता पुगेका नेपाली नागरिकलाई निर्धारित ढाँचामा आफ्नो व्यक्तिगत विवरण पेश गर्न भनिएको हो।
सूचनाअनुसार इच्छुकले अर्थ मन्त्रालयअन्तर्गतको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा विवरण बुझाउनुपर्नेछ। साथै, विवरण पेश गर्ने ढाँचा तथा आवश्यक मापदण्ड मन्त्रालयको वेबसाइटमा उपलब्ध गराइएको छ।








