२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतीय गाडी प्रयोग गरेर गाँजा ओसारपसार, ९६ किलोसहित एक जना नियन्त्रणमा

अ+ अ-

काठमाडौँ । भरतपुर वडा नम्बर १९ चैकी डाँडाबाट चितवन प्रहरीले भारतीय गाडीमा लुकाएर लैजान लागेको झण्डै एक क्वीन्टल गाँजा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले भारतीय नम्बर प्लेटको पिकअप गाडीमा लुकाएर लैजाँदै गरेको अवस्थामा ९६ केजी गाँजासहित एक व्यक्तिलाई पक्राउ परेका गरेको हो ।

​जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले आज बिहीबार दिउसो करिब १:३० बजे बीआर ०१ पीई ६९४३ नम्बरको भारतीय पिकअप गाडीलाई रोकेर खानतलासी गरेको थियो ।

चेकजाँचका क्रममा उक्त गाडीको सिट मुनि फल्स बटम (लुकाउनका लागि बनाइएको विशेष ठाउँ) फेला परेको र सो भित्र लुकाएर राखिएको ३० प्याकेट गाँजा बरामद गरिएको जनाएको छ ।

बरामद गरिएको गाँजाको कुल तौल ९५ किलो ९६५ ग्राम रहेको प्रहरीले जनाएको छ। ​गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा चितवनको कालिका नगरपालिका वडा नं. ३, पदमपुर बस्ने २७ वर्षीय देवचन्द्र स्याङ्तानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीको प्रारम्भिक सोधपुछका क्रममा प्रति केजी ६ हजार रुपैयाँका दरले उक्त गाँजाको कुल बजार मूल्य ५ लाख ७५ हजार ७ सय ९० रुपैयाँ बराबरको रहेको जनाइएको छ।

​प्रहरीले गाँजा र ओसारपसारमा प्रयोग गरिएको पिकअप गाडी नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।

प्रहरीका अनुसार यस घटनामा संलग्न हुनसक्ने अन्य व्यक्तिहरूको पनि खोजी कार्य भइरहेको छ।

0 Comments