काठमाडौँ । सरकारले धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रियालाई अघि बढाउँदै सिफारिस समिति गठन गरेको छ।
मन्त्रिपरिषद्को पछिल्लो बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो।
समितिमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र भुवन दाहाल सदस्यका रूपमा रहेका छन्।
सरकारले उक्त समितिमार्फत योग्य उम्मेदवार छनोट गरी धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाउने जनाएको छ।







