२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विष्णुमती किनारबाट हतियार र गोली बरामद, अनुसन्धान सुरु

अ+ अ-

काठमाडौँ । विष्णुमती खोला आसपासको क्षेत्रमा हतियार तथा गोली फेला परेको घटनामा सुरक्षा निकायले अनुसन्धान अघि बढाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार काठमाडौँ महानगरपालिका-१५ अन्तर्गत शोभा भगवती क्षेत्रस्थित खोला किनारबाट चार थान पेस्तोल, ५८ राउण्ड गोली र सात वटा म्यागजिन बरामद गरिएको हो। प्रारम्भिक विवरणअनुसार बरामद हतियारमध्ये टाइप-५४ मोडेलका पेस्तोल रहेका छन्।

महानगरपालिकासँग समन्वयमा सञ्चालन गरिएको सरसफाइ अभियानका क्रममा आइतबार बिहान उक्त सामग्री फेला परेको जनाइएको छ। बरामद गरिएका गोलीमध्ये ९ एमएम बेरेटा प्रकारका रहेका छन्।

प्रहरी स्रोतका अनुसार प्राप्त विशेष सूचनाका आधारमा प्रहरी वृत्त स्वयम्भू बाट खटिएको टोलीले हतियार नियन्त्रणमा लिएको हो। घटनाको पृष्ठभूमिबारे अनुसन्धान भइरहेको जनाइएको छ।

प्रारम्भिक आकलनमा यी हतियार विगतका आन्दोलनका क्रममा सुरक्षा निकायबाट हराएको हुनसक्ने आशंका गरिएको छ भने यस विषयमा थप पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

0 Comments