२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भूतपूर्व सैनिक सम्मेलन-२०८२: नेपाली सेनामा सेवा गर्न प्रेरित गर्ने एक अभिभावकलाई विशेष सम्मान

अ+ अ-

काठमाडौँ। नेपाली सेनाले आफ्ना सन्ततिलाई सेनामा सेवा गर्न प्रेरित गर्ने एक जना अभिभावकलाई विशेष सम्मान प्रदान गरेको छ।

“भूतपूर्व सैनिक सम्मेलनको प्रण– सैनिक पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन” भन्ने मूल नाराका साथ मध्य पूर्वी पृतनाको जिम्मेवारी क्षेत्रअन्तर्गत मधेसका विभिन्न जिल्लाहरूमा भूतपूर्व सैनिक सम्मेलन-२०८२ सम्पन्न भएको छ।

मुख्य सम्मेलन केन्द्र मध्य पूर्वी पृतना, बर्दिबासमा प्रधान सेनापति महारथी अशोक राज सिग्देलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। सोही सम्मेलनमा आफ्ना ४ जना सन्ततिलाई नेपाली सेनामा सेवा गर्न प्रेरित गर्ने एक जना अभिभावकलाई विशेष सम्मान प्रदान गरिएको हो।

नेपाली सेना कल्याणकारी बोर्डको समन्वय तथा संयोजनमा सम्पन्न कार्यक्रममा ज्येष्ठ भूतपूर्व सैनिक तथा ज्येष्ठ एकल महिलालाई पनि सम्मान गरिएको छ।

कार्यक्रममा सर्वोत्कृष्ट तथा उत्कृष्ट उद्यमीहरूलाई प्रशंसा-पत्र र पुरस्कार वितरण गरिएको थियो। त्यसैगरी, फरक क्षमता भएका तथा अशक्त ८ जना भूतपूर्व सैनिकहरूलाई व्हीलचेयर तथा बैसाखी वितरण गरिएको थियो।

नेपाली सेनाका अनुसार यस्ता कार्यक्रमले सेवारत तथा अवकाश प्राप्त सैनिकहरूबीचको सम्बन्धलाई सुदृढ बनाउँदै कल्याणकारी कोषको स्थायित्व सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, हिताधिकारीहरूका लागि शिक्षा, स्वास्थ्य, सहुलियत तथा स्वरोजगारका क्षेत्रमा समयानुकूल सुविधा प्रदान गर्न आवश्यक सुझाव संकलनमा पनि टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।

सम्मेलनमा करिब २,५०० अवकाश प्राप्त सैनिक तथा उनीहरूका परिवारजनको उल्लेखनीय उपस्थिति रहेको थियो। आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत बाँकी भूतपूर्व सैनिक सम्मेलनहरू मध्य पूर्वी पृतनाअन्तर्गतका हिमाली तथा पहाडी जिल्लाहरूमा वैशाख ५ गते आयोजना गरिने जनसम्पर्क तथा सूचना निर्देशनालय, जंगी अड्डाले जनाएको छ।

0 Comments