काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापति चयन प्रक्रियामा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सहभागिता जनाउने तयारी गरेको छ ।
संसदीय परम्परा अनुसार उक्त समितिको नेतृत्वमा प्रतिपक्षी दलको दाबी रहने भएकाले काँग्रेसले उम्मेदवारी दिने निर्णय गरेको हो ।
पार्टीका सांसद भीष्मराज आङ्देम्बेले सभापतिका लागि उम्मेदवारको नाम भने हालसम्म अन्तिम नभएको जानकारी दिएका छन् ।
उनका अनुसार अन्य संसदीय समितिहरूको नेतृत्व सम्बन्धी विषयमा विपक्षी दलहरूबीच छलफल प्रक्रिया अघि बढिरहेको छ ।
यसै क्रममा विभिन्न संसदीय समितिका सभापतिहरू चयन गर्न आज उम्मेदवारी दर्ता कार्यक्रम सञ्चालन हुँदै छ ।







