२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ऊर्जा मन्त्रालयमा दुई सातामै ४ हजारभन्दा बढी गुनासो, सबैको समाधान गरिएको दाबी

अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पछिल्लो दुई साताको अवधिमा हजारौँ गुनासो दर्ता भएको र ती सबैको समयमै समाधान गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार उक्त अवधिमा कुल ४ हजार २६९ वटा गुनासो विभिन्न माध्यममार्फत प्राप्त भएका हुन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले पदभार सम्हालेसँगै नागरिक गुनासोको प्रभावकारी सुनुवाइ र छिटो सम्बोधन सुनिश्चित गर्न सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिएका थिए। उनले चैत १३ गते मन्त्रालयको जिम्मेवारी ग्रहण गरेका हुन्।

मन्त्रालयले विद्युत् सेवा तथा सम्बन्धित समस्या समाधानलाई व्यवस्थित बनाउन हटलाइन नम्बर ११५१ लाई सक्रिय र परिणाममुखी बनाएको जनाएको छ। सोही माध्यमबाट आएका गुनासोहरूलाई प्राथमिकताका साथ तत्काल समाधान गरिएको दाबी गरिएको छ।

प्राप्त विवरणअनुसार टेलिफोनमार्फत सबैभन्दा धेरै ४ हजार २४८ गुनासो आएका छन् भने ह्वाट्सएपमार्फत १४, इमेलमार्फत २ र ‘हेलो सरकार’ प्रणालीमार्फत ५ वटा उजुरी दर्ता भएका थिए।

मन्त्री श्रेष्ठले आफ्नो कार्यकालको प्रारम्भिक उपलब्धि सार्वजनिक गर्दै प्रशासनिक सुधार, पारदर्शिता र उत्तरदायित्वमा आधारित सेवा प्रवाहलाई प्राथमिकतामा राखिएको बताएका छन्। साथै, नागरिक सहभागिता अभिवृद्धि गर्दै विकास प्रक्रियालाई प्रभावकारी बनाउने दिशामा मन्त्रालय केन्द्रित रहेको उनको भनाइ छ।

उनले नयाँ आयोजना अघि बढाउँदा पर्याप्त अध्ययनको अभावमा थप आर्थिक भार सिर्जना हुने अवस्थालाई ध्यानमा राख्दै हाल अलपत्र र समस्याग्रस्त परियोजनाहरूको शीघ्र सम्पन्नतालाई प्राथमिकता दिने नीति अवलम्बन गरिएको स्पष्ट पारेका छन्। ऊर्जा क्षेत्रलाई दीर्घकालीन रूपमा सुदृढ बनाउन स्पष्ट नीतिगत मार्गदर्शनसहित सुधारमुखी पहलमा जोड दिइएको पनि मन्त्रालयले उल्लेख गरेको छ।

0 Comments