काठमाडौँ । नवनियुक्त महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
उनले कामु प्रधान न्यायाधीश डा. सपना प्रधान मल्लको उपस्थितिमा शपथ लिएका हुन्।
यसअघि आजै मन्त्रिपरिषद्को बैठकले डा. कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको थियो।







