२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ऊर्जा मन्त्री श्रेष्ठद्वारा विद्युत् नीति सम्बन्धी आन्तरिक छलफल सुरु

अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा क्षेत्रको समग्र विकास र दीर्घकालीन योजना तय गर्ने उद्देश्यका साथ विद्युत् नीति सम्बन्धी आन्तरिक छलफल सुरु गरेका छन्।

शुक्रबार आयोजित छलफलमा मन्त्री श्रेष्ठले नीति तयार गर्दा ऊर्जा क्षेत्रको संरचना, संस्थागत सुधार, ऊर्जा उपयोग, वातावरण संरक्षण र दीर्घकालीन रणनीतिलाई ध्यानमा राख्नुपर्नेमा जोड दिएका छन्।

उनले विद्युत् नीति मस्यौदामा सरोकारवाला पक्षसँग व्यापक छलफल गरी तथ्यांक र डेटा स्पष्ट पार्दै नीति तयार गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्।

मन्त्री श्रेष्ठले गुणस्तरीय ऊर्जा आपूर्ति, आन्तरिक खपत वृद्धि, ऊर्जा मिश्रण, जलवायु परिवर्तनको प्रभाव, दुरुपयोग र कार्बन ट्रेडजस्ता महत्वपूर्ण विषयलाई नीतिले समेट्नुपर्ने बताए। साथै, भविष्यका चुनौतीको सामना गर्न नीति पूर्वदृष्टि सहित तयार गर्न आवश्यक रहेको बताए।

विद्युत् नीति जलविद्युत् तथा स्वच्छ ऊर्जा परियोजनामा लगानी सुनिश्चित गर्ने दिशामा प्रभावकारी हुनुपर्ने र निजी क्षेत्रको सहभागिता बढाउने तरिका समेत नीति मार्फत समेटिनुपर्ने उनको भनाइ थियो।