काठमाडौँ। इनिसा विकको मृत्यु सम्बन्धी मुद्दामा संलग्न भनिएका चार जना अभियुक्तलाई सुर्खेत जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।
बाल इजलासअन्तर्गत न्यायाधीश दीपक ढकालको एकल इजलासले मंगलबार उक्त निर्णय गर्दै सबै आरोपितलाई बाल सुधार गृहमा पठाउन निर्देशन दिएको हो।
प्रकरणमा इनिसामाथि बलात्कारपछि हत्या भएको आरोप लगाइएको छ। सोही आधारमा चारै जनाविरुद्ध जबरजस्ती करणी तथा ज्यान मार्ने उद्योग सम्बन्धी अभियोग दर्ता गरिएको थियो।
उक्त घटनामा संलग्न भनिएका सबै अभियुक्त नाबालक रहेको अदालतले जनाएको छ।







