२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओली पक्राउप्रति एमाले नेताहरू आक्रोशित: कसले के भने ?

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेपछि एमालेका शीर्ष नेताहरूले तीव्र असन्तुष्टि जनाएका छन् । नेताहरूले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै सरकारको कदमलाई ‘राजनीतिक प्रतिशोध’को संज्ञा दिएका छन् ।

एमाले नेता विष्णु रिमालले पक्राउ प्रक्रिया नै गैर कानुनी भएको दाबी गरेका छन् । उनले कुनै घटना घटेको वा प्रमाण नष्ट हुने अवस्था नरहेको अवस्थामा ‘जरुरी पक्राउ पुर्जी’ जारी गर्नु मिल्दैन भन्दै प्रक्रिया र विषय दुवै नमिलेको उल्लेख गरेका छन् । “पक्राउ पुर्जी गैर कानुनी छ, सरकार प्रतिशोधमा उत्रियो, कानुनी र राजनीतिक प्रतिवाद हुन्छ,” उनले भनेका छन् ।

अर्का नेता योगेश भट्टराईले लोकतान्त्रिक व्यवस्थामा सरकार संयमित हुनुपर्नेमा जोड दिएका छन् । उनले प्रतिशोध र बदला होइन, संवाद र सहकार्यको बाटो रोज्नुपर्ने बताएका छन् । साथै घटनाको निष्पक्ष, न्यायिक र पारदर्शी छानबिन हुनुपर्ने उल्लेख गर्दै ओली र रमेश लेखक को गिरफ्तारीको निन्दा गरेका छन् । “अविलम्ब रिहाइको माग गर्दछु,” उनले भनेका छन् ।

शंकर पोखरेलले ‘पूर्वाग्रह र प्रतिशोधको राजनीति महँगो हुने’ चेतावनी दिएका छन् । उनले सरकारलाई जिम्मेवार बन्न र तत्काल रिहाइ गर्न आग्रह गरेका छन् ।

त्यस्तै, प्रदीप ज्ञवालीले सरकार प्रतिशोध, निषेध र द्वन्द्वको बाटोमा गएको टिप्पणी गरेका छन् । “तर उसले चाहे जस्तो हुने छैन,” उनले उल्लेख गरेका छन् ।

एमाले नेता महेश बर्तौलाले भने सरकारले दुई तिहाइ शक्तिको ‘दम्भ र उन्माद’ प्रदर्शन गर्दै मुलुकलाई अस्थिरता र द्वन्द्वतर्फ धकेल्न खोजेको आरोप लगाएका छन् । उनले यसलाई ‘अत्यन्त आपत्तिजनक र खेदजनक’ भन्दै लोकतान्त्रिक शक्तिहरूलाई सशक्त प्रतिवाद गर्न आह्वान गरेका छन् ।

प्रहरीले ज्यानसम्बन्धी कसुरको अनुसन्धानका लागि अध्यक्ष ओलीलाई आज बिहान भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरेको हो । सोही प्रकरणमा काँग्रेस नेता लेखकलाई पनि अनुसन्धानको दायरामा ल्याइएको छ ।  दुवै नेताको पक्राउसँगै मुलुकको राजनीतिक वातावरण थप तातेको छ ।