२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनता खुसी पार्ने काम गर्न कृषि मन्त्री गीतालाई बुवा जयरामको सन्देश

अ+ अ-

काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-४, असैनाकी ३३ वर्षीया गीता चौधरी कृषि तथा पशुपन्छी विकास तथा वन तथा वातावरण मन्त्री बनेपछि उनका बुवा जयराम डगौराले जनताको हितमा काम गर्न सुझाव दिएका छन्।

“छोरी मन्त्री बनेको खबरले हाम्रो परिवारमा खुसी छाएको छ,” गीताका बुवा जयरामले भने, “सिंगो देशका जनता खुसी हुने गरी छोरीले पाएको जिम्मेवारी बहन गर्न सकोस्।”

राष्ट्रिय स्वतन्त्र पार्टीबाट कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ बाट समानुपातिक सांसद बनेकी गीता यहाँबाट चौधरी समुदायकी संघीय सरकारमा मन्त्री बन्ने पहिलो थारु महिला हुन्।

शुक्लाफाँटा नगरपालिका-३ स्थित जनज्योति आधारभूत विद्यालय, जोनापुरमा प्रावि तहको अध्ययन गरेकी चौधरीले माध्यमिक तहको अध्ययन राष्ट्रिय मावि, पिपलाडीबाट गरेकी थिइन्। झलारी बजारस्थित श्रीकृष्ण उच्च माविबाट प्रवीणता प्रमाणपत्र तह पूरा गरेकी उनले काठमाडौँ स्कुल अफ लबाट स्नातक र नेपाल ल क्याम्पसबाट स्नातकोत्तर तह उत्तीर्ण गरेकी हुन्। चौधरी कानुन व्यवसायीसमेत हुन्।

“सात बहिनी र एक भाइमध्येकी माहिली सन्तान गीता बाल्यकालदेखि नै अध्ययनमा रुचि राख्थिन् र समाजमा हुने विभेद तथा कुरीतिविरुद्ध आवाज उठाउँथिन्,” बुवा जयरामले भने, “हामी निम्न आयस्रोत भएको परिवारबाट मन्त्री बनेको खबरले हर्षित छौँ।”

साधारण लेखपढ गरेका जयरामले छोराछोरी पढाउन निकै संघर्ष गरेको बताए। “खेतीपाती र पछिल्लो समय सटरिङको काम गरेर घर खर्च र छोराछोरीको पढाइ खर्च जुटाउँदै आएको छु,” उनले भने, “छोरीको मेहनत र अध्ययनकै सफलताले उनलाई यहाँसम्म पुर्‍याएको हो।”

त्यसै गरी मन्त्री गीताका फुपाजु डम्बर चौधरीले पनि उनले अध्ययनका लागि निकै दुःख गरेको बताए। “पढाइका लागि ऋण गरेर भए पनि पछि नहट्ने बानी थियो,” उनले भने, “विवाहपछि पनि अध्ययनसँगै राजनीतिमा सक्रिय भई यो स्थान हासिल गरिन्।”

बुटवलको सैनामैनाका सुनिल चौधरीसँग विवाह गरेकी गीताकी एक छोरी छिन्। उनका श्रीमान् सुनिल कृषि क्याम्पसमा अध्यापन गर्छन्। विभिन्न क्लब, बाल क्लब र संस्थामा आबद्ध हुन मन पराउने चौधरी करातेकी खेलाडीसमेत हुन्। चौधरीले भने, “घरको दयनीय अवस्थाका बीच पनि गीताले गरेको संघर्ष प्रेरणादायी छ।”

नागरिक उन्मुक्ति पार्टीबाट २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा गीता सुदूरपश्चिम प्रदेश सभा सदस्यमा उम्मेदवार बनेकी थिइन्। पहिलो पटक उम्मेदवार हुँदा पनि उनले सम्मानजनक मत प्राप्त गरेकी थिइन्। केही समयअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेकी चौधरीलाई रास्वपाले समानुपातिक उम्मेदवार बनाएको थियो।