२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालेनको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन, पाँच महिला मन्त्री समेटिए

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । मन्त्रिपरिषद्मा पाँच महिला मन्त्री समेटिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्यालयमा आयोजित विशेष समारोहमा  नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। प्रधानमन्त्रीमा नियुक्त भइसकेका शाहले रक्षा मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका छन् ।

मन्त्रिपरिषदमा दोस्रो वरीयतामा रहेका स्वर्णिम वाग्ले अर्थमन्त्री बनेका छन् । सोविता गौतमलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र शिशिर खनाललाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

गृह मन्त्रालयको जिम्मेवारी सुदन गुरुङलाई दिइएको छ भने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय विराजभक्त श्रेष्ठले सम्हाल्ने भएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा प्रतिभा रावल नियुक्त भएकी छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय विक्रम तिमिल्सिनालाई दिइएको छ भने महोत्तरीका दीपक साह श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सस्मित पोखरेललाई दिइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी गणेश पौडेलले पाएका छन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सीता वादी र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा निशा मेहता नियुक्त भएका छन् ।