२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालगञ्जमा इद उल फित्र मनाइयो

अ+ अ-

नेपालगञ्ज । मुश्लिम धर्मावलम्बीहरूले आज बाँकेको नेपालगञ्जमा इद उल फित्र पर्व धुमधामका साथ मनाएका छन् । शुक्रबारदेखि निरन्तर परेको वर्षामा पनि खुला स्थानमा कोही छाता ओढेर, कोही पानीमा भिजेर मुस्लिम धर्मावलम्बीले नेपालगञ्जको बिपीचोकस्थित इदगाहमा इद उल फित्र मनाएका हुन् ।

यस वर्ष पर्वको अघिल्लो दिनदेखि वर्षा भइरहेकाले अघिल्ला वर्षको जस्तै सडकसहित खुला स्थानमा घुइँचो नभए पनि मस्जिदमा मुश्लिम धर्मावलम्बीको घुइँचो लागेको थियो ।

इदगाहको भित्रपट्टीको खुला स्थानमा केहीले छाता ओढेर र केहीले पानीमा भिजेर नमाज पाठ गरेका थिए ।

अरबी पात्रो हिजरी संवत्अनुसार नवौँ महिनामा निराहार व्रत गरेका मुस्लिम समुदायले नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर आज इद उल फित्र पर्व मनाउने चलन छ । यस अवसरमा नमाज पढेपछि खुसी साटासाट गर्दै बाँके क्षेत्र नं २ का प्रतिनिधि सभाका नवनिर्वाचित सदस्य मोहम्मद इस्तियाक राईले एक महिनाको व्रतपछि आज पर्व मनाइएको बताए ।

उनले पर्वको अवसरमा सबैलाई शुभकामना दिँदै इदले विश्व शान्तिको कामना गर्न सकोस् भन्दै उनले अल्लाहसँग प्रार्थना गरेर मुलुक र आमनागरिकको सुख र समृद्धिको कामना गरेको भन्दै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई शुभकामना प्रदान गरे।

नेपालगञ्ज–१७ परस्पर निवासी निजामुद्दिन इद्रिसीले एक महिनाको रोजा बस्नु भनेको प्रत्येक मुश्लिम समुदायको कर्तव्य र धर्म हुने उल्लेख गर्दै इद शान्तिको पैगाम भएको बताए । उनले विश्व शान्तिका लागि प्रार्थना गरिएको भन्दै मुश्लिम समुदायका लागि विश्वमा कुरान, अजान एकमात्र धर्मग्रन्थ रहेको उल्लेख गरे ।

मुश्लिम समुदायमा विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिने चलन छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवइ, खजुरलगायत मिष्ठान्न भोजन गराउने प्रचलनसमेत रहेको छ ।

खुसीपूर्वक दानगरी दु:खी तथा गरिबलाई बाँडिने भएकाले यसपर्वलाई इद उल फित्र भनिएको हो । यसबाहेक नेपालगञ्जका अन्य मस्जिद तथा इदगाहमा पनि विशेष नमाज पाठ गरिएको थियो । एक महिनादेखि मुस्लिम समुदायको लामो व्रत (रोजा) सुरु भएको थियो ।