२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजमार्ग क्षेत्रमा नेटवर्क समस्या समाधानका लागि जंगलमा टेलिकमको टावर

अ+ अ-

त्रिवेणी (नवलपरासी) । मुख्य राजमार्ग क्षेत्रमा यात्रा गर्दा मोबाइल नेटवर्क नटिप्ने समस्याका कारण यात्रुले सास्ती भोग्दै आएको अवस्थामा समाधानका लागि नवलपुरको जंगल क्षेत्रमा टेलिकमको टावर निर्माण गरिएको छ ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपुरको अरुणखोला-दुम्किबासबीचको जंगल क्षेत्रमा टेलिकमको टावर निर्माण गरिएको नेपाल टेलिकम कावासोती शाखाका प्रमुख निरोज घिमिरेले जानकारी दिए। उक्त क्षेत्रमा टावर जडान भएपछि अहिले नेटवर्क समस्या समाधान भएको उनले बताए । टावर सञ्चालनमा आएपछि त्यहाँ टुजी र फोरजी सेवा सहज रूपमा उपलब्ध भएको पनि उनले जानकारी दिए।

मुख्य राजमार्गमा मोबाइल नेटवर्क नहुँदा कहिलेकाहीँ विपद् पर्दा सञ्चार अभावका कारण उद्धार कार्यमा ढिलाइ हुने समस्या देखिएपछि जिल्ला विपद् व्यवस्थापन समितिले यसअघि नै राजमार्ग क्षेत्रमा नेटवर्क विस्तार गर्न सुझाव दिएको थियो ।

नवलपुरको चोरमारा-अरुणखोला र डण्डा-अरुणखोला खण्डको राजमार्गस्थित जंगल क्षेत्रमा समेत नेटवर्क समस्या रहेकाले ती स्थानलाई पनि टावर जडानका लागि प्राथमिकतामा राखिएको प्रमुख घिमिरेले बताए।

नेपाल टेलिकमले कालीगण्डकी करिडोर र जिल्लाका पहाडी क्षेत्रलाई समेत लक्षित गरी टावर निर्माणलाई प्राथमिकता दिएको उनले जानकारी दिए। यसअन्तर्गत बुलिङटारको बोझापोखरीमा टावर निर्माण कार्य सम्पन्न भइसकेको छ र केही दिनमै सञ्चालनमा आउने तयारी रहेको छ । यस्तै, बुलिङटारकै थामबेँसीमा टावर निर्माणका लागि ठेक्का सम्झौता भई काम सुरु भइसकेको उनले बताए । 

“पहाडी क्षेत्रमा नेटवर्कको समस्या रहेकाले त्यसको समाधानका लागि कार्यालयको योजनाअनुसार चाँडै बोझापोखरीमा टावर सञ्चालनमा आउँदै छ, अर्को स्थानमा निर्माण कार्य सुरु भइसकेको छ”, प्रमुख घिमिरेले भने ।

जिल्लाको पहाडी क्षेत्र विनयी त्रिवेणीको धुरकोटमा पनि टावर निर्माणका लागि अनुमति प्राप्त भइसकेको छ भने हुप्सेकोटको चारघरेमा सर्वेक्षण कार्य सम्पन्न भई अनुमति प्रक्रियामा रहेको उनले जानकारी दिए।

त्यस्तै, पर्यटकीय क्षेत्र अमलटारीमा नेटवर्क समस्या रहेको गुनासो आएपछि त्यहाँ पनि टावर निर्माणका लागि अनुमति प्राप्त भएको र चाँडै निर्माण कार्य सुरु हुने बताइएको छ । पर्यटकीय क्षेत्रका रूपमा विकास भएका ठाउँ भएकाले समेत पर्यटकलाई समस्या नहोस् भनेर यहाँ टावर निर्माणको अनुमति आएको उनले बताए।

नेटवर्क सुधारका लागि यसअघि सौर्य ऊर्जाबाट सञ्चालनमा रहेका टावरमा विद्युत् आपूर्ति पुर्‍याउने काम पनि भइरहेको छ । सौर्य प्रणालीमा निर्भर हुँदा जाडो मौसम वा घाम नलाग्दा नेटवर्कमा समस्या आउने भएकाले नियमित र सहज सेवा सुनिश्चित गर्न विद्युत् जडानको काम अगाडि बढाइएको कार्यालय प्रमुख घिमिरेले बताए।