२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नवलपरासी पूर्वमा जापानिज इन्सेफलाइटिसविरुद्धको खोप एक लाख तीन हजार बढीलाई लगाइयो

अ+ अ-

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जापानिज इन्सेफलाइटिस (जेई)विरुद्ध सञ्चालन गरिएको विशेष खोप अभियान उल्लेखनीय प्रगति गर्दै लक्ष्य नजिक पुगेको छ । 

जिल्लाका सबै आठवटै स्थानीय तहमा एकसाथ सञ्चालन गरिएको अभियानमा अधिकांश लक्षित नागरिकले खोप सेवा लिइसकेका छन् । प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख केशव चापागाईँका अनुसार चैत ६ गतेसम्म लक्षित जनसङ्ख्याको ६९ दशमलव एक प्रतिशतले खोप सेवा लिइसकेका छन् । अभियानअन्तर्गत हालसम्म एक लाख तीन हजार ७५२ जनाले खोप लगाएका छन् । जसमध्ये ४२ हजार ८४१ पुरुष र ६० हजार ९११ महिला रहेका छन् ।

“छोटो अवधिमा नै उल्लेखनीय उपलब्धि हासिल भएको छ,” उनले भने, “अभियान लक्ष्यअनुसार सफलतापूर्वक अघि बढिरहेको छ ।” जनस्वास्थ्य अधिकृत प्रवीणकुमार खनालका अनुसार जिल्लाका सबै स्थानीय तहमा खोप सेवा निरन्तर सञ्चालन भइरहेको छ । “विशेषगरी बौदिकाली गाउँपालिका र बुलिङटार गाउँपालिकामा खोपको प्रगति अत्यन्त राम्रो देखिएको छ”, उनले भने, “बौदिकालीमा ९५ दशमलव एक प्रतिशत र बुलिङटारमा ८७ प्रतिशत प्रगति भएको छ ।”

जिल्लामा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण दर पछिल्ला वर्षहरूमा बढ्दै गएपछि ३५ वर्षमाथिका नागरिकलाई लक्षित गरी चैत १ गतेदेखि खोप अभियान सञ्चालन गरिएको हो । अभियानमार्फत करिब एक लाख ५० हजार नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको थियो ।

“लक्षित उमेर समूहका सबै नागरिकलाई खोप सेवा लिन आग्रह गरिएको थियो”, प्रमुख चापागाईँले भने, “खोप अभियान प्रभावकारी रूपमा सञ्चालन भएकाले लक्ष्य नजिक पुग्न सफल भएका छौँ ।”

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा चालु आवमा मात्र जापानिज इन्सेफलाइटिसका १५ जना सङ्क्रमित फेला परेका छन्, जसमध्ये छ जनाको मृत्यु भइसकेको छ । रोगको जोखिम नियन्त्रणका लागि खोप अभियानलाई प्राथमिकताका साथ सञ्चालन गरिएको जनाइएको छ ।