२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालगञ्जमा थपियो तारे होटल

अ+ अ-

राँझा (बाँके) । पश्चिम नेपालको मुख्य व्यापारिक केन्द्र नेपालगञ्जमा करिब रु १५ करोडको लगानीमा तारे होटल कान्तिपुर प्लाजा सञ्चालनमा आएको छ ।

युवा उद्यमी ऋषिराम कँडेलको नेतृत्वमा निर्माण भएको यस होटलमा पाहुनाको आराम र सुविधालाई विशेष प्राथमिकता दिइएको छ । दुइतारे होटलमा कुल २७ वटा सुविधासम्पन्न कोठा रहेका छन् । विलासी अनुभव खोज्ने पाहुनाका लागि दुई वटा विशेष स्वीट रुमको व्यवस्था गरिएको सञ्चालक कँडेलले जानकारी दिए । 

उनका अनुसार, होटलका सबै कोठामा वातानुकूलित र २४ सै घण्टा तातोपानीको सुविधा रहेको छ । पाहुनाको सहजताका लागि आठ जना क्षमताको अत्याधुनिक लिफ्ट र सवारी साधनको सुरक्षाका लागि भूमिगत पार्किङको व्यवस्था गरिएको छ ।

“हामीले बास बस्ने सुविधा मात्र नभई व्यावसायिक कार्यक्रम र पारिवारिक उत्सवलाई पनि लक्षित गरेका छौँ”, उनले भने, “नेपालगञ्ज आउने व्यावसायिक प्रतिनिधि, आन्तरिक तथा बाह्य पर्यटक एवं विशिष्ट पाहुनालाई स्तरीय आतिथ्य प्रदान गर्ने हाम्रो मुख्य उद्देश्य हो ।”

परिवर्तित समयसँगै होटलले आफ्नो बुकिङ प्रणालीलाई पनि आधुनिक बनाएको छ । पाहुनाले ई–सेवा लगायतका विभिन्न डिजिटल प्लेटफर्मबाट सजिलै कोठा बुकिङ गर्न सक्ने व्यवस्था मिलाइएको छ । यसले गर्दा टाढाबाट आउने पर्यटकलाई झन्झटमुक्त यात्राको सुनिश्चितता प्रदान गर्नेछ ।

नेपालगञ्जको धम्बोझी चोकमा अवस्थित यस होटलले स्थानीय स्तरमा रोजगारीका नयाँ अवसर सिर्जना गरेको होटल व्यवसायी महासंघ बाँकेका अध्यक्ष भीमलाल कँडेलले बताए । नेपालगञ्जलाई ट्रान्जिट बनाएर कर्णाली र सुदूरपश्चिमका पर्यटकीय स्थलमा जाने पर्यटकका लागि बाँके र विशेष गरी नेपालगञ्जको आर्थिक तथा पर्यटकीय गतिविधिमा यसले विशेष टेवा पुर्‍याउने उनको भनाइ छ ।