२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रजिअ निरौलाको सेवा : अपांग नागरिकलाई घरमै नागरिकता प्रदान

अ+ अ-

बाजुरा। जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले अपांगता भएका एक नागरिकलाई घरमै पुगेर नागरिकता प्रमाणपत्र वितरण गरेका छन्। जिल्लाको बूढीनन्दा नगरपालिका-६, कोटिलाका ३३ वर्षीय खगेन्द्र भाटलाई प्रजिअ निरौलाले घरमै पुगेर नागरिकताको प्रतिलिपि हस्तान्तरण गरेका हुन्।

रोजगारीका सिलसिलामा भारतको मुम्बईमा रहेका भाट सन् २०१८ मा बेलपुरास्थित रेल दुर्घटनामा परी दुवै खुट्टा गुमाउन पुगेका थिए। दुर्घटनामा परेपछि उनीसँग रहेका नेपाली नागरिकता प्रमाणपत्रसहित अन्य आवश्यक कागजातसमेत हराएका थिए।

दुर्घटनापछि रोजगारी गुमाएका भाट स्वदेश फर्किएका थिए। सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीसम्म बसमार्फत आइपुगेका उनी दुर्गम गाउँसम्म पुग्न नसक्ने अवस्था भएपछि हाल धनगढीमै कोठा भाडामा बस्दै आएका छन्। नागरिकता हराएपछि राज्यबाट प्राप्त हुने सेवा–सुविधाबाट समेत उनी वञ्चित हुँदै आएका थिए।

भाटका बुबाले वडाको सिफारिससहित जिल्ला प्रशासन कार्यालयमा पुगेर नागरिकता अभावका कारण परेको समस्याबारे जानकारी गराएपछि प्रजिअ निरौलाले उक्त समस्या समाधानका लागि पहल गरेका थिए। आवश्यक प्रक्रिया पूरा गरी वडाको सिफारिसका आधारमा भाटलाई घरमै पुगेर नागरिकताको प्रतिलिपि प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले जानकारी दिए।

प्रजिअ निरौलाका अनुसार अशक्त, असहाय, वृद्धवृद्धा तथा सेवामा पहुँच नपुगेका नागरिकलाई लक्षित गरी कार्यालयले घरदैलोमै सेवा प्रदान गर्दै आएको छ। “राज्यको सेवा सबै नागरिकसम्म समान रूपमा पुग्नुपर्छ भन्ने मान्यताअनुसार हामीले धनगढीमै पुगेर नागरिकताको प्रतिलिपि दिएका हौँ,” उनले भने।

भाटका बुबा मदनबहादुर भाटले वडाको सिफारिस र स्थानीय प्रशासनको सक्रियताले घरमै सेवा पाउँदा सहज भएको बताए।

स्थानीय प्रशासनको यस्तो पहलले सेवा प्रवाहलाई प्रभावकारी र समावेशी बनाएको बताउँदै नागरिक समाजका अगुवा दीर्घराज पाध्यायले दुर्गम बाजुराबाट करिब ३०० किलोमिटर टाढा धनगढीसम्म पुगेर सेवा दिनु संवेदनशील र प्रशंसनीय कार्य भएको प्रतिक्रिया दिए।